लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ।

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बैठक बसेका हुन्।

एमसिसी पारित भएको अवस्था, वैशाखमा हुने स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्।

राष्ट्रिय जनमोर्चाले गठबन्धन छाडेको छ भने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाका शीर्ष नेता सहभागी छन्।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई छन्।

यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, माओवादी नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पनि बैठकमा सहभागी रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।


प्रकाशित : २०७८ फाल्गुन १९, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •