लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हर्टअट्याक हुने ८ कारण र जोगिने १५ तरिका

हृदयाघात (हर्टअट्याक) र यससँग जोडिएका लक्षणको बारेमा त धेरैलाई जानकारी छ । तर, के तपाईंलाई ‘साइलेन्ट हर्ट अट्याक’बारे जानकारी छ ? यो कुराको जानकारी सबैलाई हुन जरुरी छ ।

किनकि यो एउटा त्यस्तो अट्याक हो, जसको कुनै लक्षण देखिँदैन । यस्तो खाले हर्टअट्याकलाई ‘साइलेन्ट मयोकार्डियल इन्फार्कसन’को नामले चिनिन्छ । वास्तवमा, जब मुटुमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा पुन सक्दैन, तब त्यस अवस्थामा साइलेन्ट हर्ट अट्याक अर्थात् साइलेन्ट मायोकार्डियल इन्फार्कसन हुने अत्यधिक सम्भवाना रहन्छ । जसपश्चात् गम्भीर हर्टअट्याक हुने आशंका अझ धेरै बढेर जान्छ ।

हार्वर्ड एजुकेसनका अनुसार, अहिले साइलेन्ट मायोकार्डियल इन्फार्कसनका कारण हर्टअट्याक ४५ प्रतिशतले बढेको पाइएको छ । तुलनात्मक रूपमा महिलाभन्दा पुरुषलाई यसको खतरा धेरै देखिन सक्छ । साइलेन्ट हर्टअट्याकका केही लक्षण यस्ता छन्, जसको सहायताले तपाईं सामान्य हर्टअट्याक गम्भीर हर्टअट्याकमा जानुपूर्व नै यसबारेमा थाहा पाएर आफूलाई सुरक्षित राख्न सक्नुहुन्छ ।

यसरी थाहा पाउन सकिन्छ साइलेन्ट हर्टअट्याक
१. सुतेको वेला मुटुमा अलि फरक तरिकाले दुखेको महसुस हुनु ।
२. मुटु दुख्नु पूर्व या पछि सास फेर्न गाह्रो हुनु ।
३. शरीर दुख्नु । कम्मर, घाँटी, पेटमा गाह्रो हुनु ।
४. अचानक पसिना आउनु ।
५. अचानक बान्ता हुनु, ग्यास आउनु, खाना नपच्नु आदि

विज्ञ चिकित्सकहरु हर्टअट्याकगबाट बच्न यी ६ उपाय सुझाउँछन् :
दैनिक ४० मिनेट व्यायाम
हरेक मानिसले दैनिक ४० मिनेट व्यायाम गर्नु स्वास्थ्यका लागि उत्तम हुन्छ । चिकित्सकहरुका अनुसार, व्यायामले सातामा पाँच पटक तपाईंको कार्डियोभास्कुलर जोखिमलाई ३० प्रतिशत कम गर्न मद्दत गर्छ । तौल कम गर्न, ब्लडसुगर, ब्लडप्रेसर तथा कोलेस्टोरलको स्तर सुधार गर्न पनि व्यायाम अनिवार्य छ । व्यायामले त मानिसको यौनजीवनसमेत सुधार्ने चिकित्सकहरु बताउँछन् ।

आफूलाई खुसी राख्नुस्
हृदयरोग कम गर्ने प्रमुख उपायमध्ये एक आफूलाई खुसी राख्नु हो । तनावमा बस्नु हृदय रोग मात्र होइन अन्य रोग पनि बढाउनु हो । हामीले सकेसम्म हाँस्ने प्रयत्न गर्नुपर्छ । हाँस्दा शरीरबाट एन्डोर्फोन हार्मोन बाहिरिन्छ, जसले ब्लडप्रेसर कम गर्न र ब्लड सर्कुलेसनमा सुधार ल्याउन मद्दत गर्छ । संसारका कतिपय ठाउँमा अहिले ‘लाफिङ क्लास’ सन्चालन गर्ने संस्था स्थापित छन् । त्यस्ता ठाउँमा गएर साथीहरुसँग हाँस्ने र आफूभित्रका तनावहरु कम गर्ने कार्य गर्न सकिन्छ । पछिल्लो समय ‘स्टे«स म्यानेजमेन्ट’का कक्षासमेत सन्चालन हुन थालेका छन् ।

स्तरीय निद्रा सुत्नुस्
शरीरलाई आवश्यक आरामले कतिपय रोग कम गर्ने चिकित्सकहरु बताउँछन् । राम्रो र स्तरीय निद्राले शरीरलाई आराम दिन्छ । यस्तो निद्राले मानसिक र हृदयरोग नियन्त्रणमा मद्दत गर्छ । चिकित्सकहरुका अनुसार, हामीले दैनिक सातदेखि आठ घण्टा सुत्नु आवश्यक छ ।

धुम्रपान र रक्सीबाट बच्नुस्
डब्ल्यूएचओका अनुसार, हृदयरोगको अधिकांश मामिला धुम्रपान र रक्सीका कारण वृद्धि भइरहेको छ । डब्ल्यूएचओको आँकडाले धुम्रपान र रक्सी नपिउनेको तुलनामा पिउनेमा अचानक हार्टअट्याकबाट हुने मृत्युको जोखिम आधा बढ्ने देखाएको छ । त्यतिमात्र होइन, यो खराब आदतले हाई ब्लडप्रेसर, स्ट्रोक र हार्ट फेलियरजस्ता रोगको जोखिम बढाइदिन्छ । रक्सीमा मोडरेसन कार्डियो प्रोटेक्टिभ तत्व हुन्छ, तर यसको अधिक प्रयोग मुटुका लागि हानिकारक हुन्छ ।

मोडरेसनमा खानुस्
हामीले हरेक पटक खानेकुरा खाँदा तेलको मात्रा कम गर्न सक्नुपर्छ । वयस्क उमेरका मानिसले हरेक महिना आधा लिटर आलस, जैतुनलगायत ‘सेचुरेटेड’ तेलको प्रयोग गर्नु उत्तम हुन्छ । साग, बदाम, प्रोटिनको सेवन गर्न पनि राम्रो हुन्छ ।

नियमित स्वास्थ्य परीक्षण
फुल ब्लड काउन्ट, कोलेस्टोरल लेभल, किड्नी, लिभर तथा थाइरोइडका साथै ब्लडसुगर लेभल र इसीजी परीक्षण नियमित गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । स्वास्थ्यमा देखिने लक्षण तथा अवस्थाका अनुसार हृदयरोग विशेषज्ञसँग नियमित जाँच गराउनु पनि उत्तिकै आवश्यक छ ।


प्रकाशित : २०७८ फाल्गुन १९, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप