लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

शेन वार्नलाई नेपाली क्रिकेटरले दिए श्रद्धाञ्जली

अस्ट्रेलियाका लिजेन्डरी स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । फक्स क्रिकेटका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ ।

विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अस्ट्रेलियाका लागि १४५ टेस्ट र १ सय ९४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

उनले टेस्टमा ७०८ विकेट र एकदिवसीय अन्तर्राष्ट्रियमा २९३ विकेट लिएका थिए । टेस्टमा वार्न श्रीलंका स्पिनर मुथैया मुरलीधरन (८ सय विकेट ) पछि सर्वाधिक विकेट लिने बलर हुन् ।

वार्नकाे निधनपछि केही नेपाली क्रिकेटरले दुख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपाली टाेलीका कप्तान सन्दीप लामिछाने लेख्छन् ‘याे सुन्दा म निकै स्तब्ध छु । मलाई विश्वासै लागिरहेकाे छैन । उहाँको परिवार तथा आफन्तजनप्रति हृदयदेखि नै याे सहन सक्ने शक्ति मिलाेस् भन्ने प्रार्थना छ । स्वर्गमा बास हाेस् लिजेन्ड । हामी तपाईंलाई सधैं सझने छाैं ।’

पूर्वकप्तान पारस खड्का लेख्छन्, ‘ याे विश्वास गर्न सकिँदैन । स्वर्गमा बास हाेस् महामानव ।
स्तब्ध !’

राष्ट्रिय टाेलीका पूर्व सदस्य शक्ति गाैचनले ‘याे खबरले स्तब्ध बनाएकाे छ । महान स्पिनरकाे आत्माले शान्ति पाओस्’ भन्दै पाेस्ट गरेका छन्


प्रकाशित : २०७८ फाल्गुन २१, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप