लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द

दाङ – राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ ।

दाङ तुलसीपुरकाे चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले याे सडक खण्ड १० दिन बन्द हुन लागेको हो ।

भाेलिदेखि चैत १ गतेसम्म सडक खण्ड बन्द हुन लागेको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिनुभयो । कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उहाँले बताउनु भयाे ।

खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ । दोस्रो सिफ्टमा बिहान११ बजेदेखि दिउँसाे ३ बजेसम्म र तेस्रो सिफ्टमा साँझ साढे ५ बजेदेखि ८ बजेसम्म मर्मतको काम हुनेछ ।

यही समयावधिमा गाडी आवागमन रोकिने खड्काले जानकारी दिनुभयो।


प्रकाशित : २०७८ फाल्गुन २१, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप