नेपाली कांग्रेसको ७७वटै जिल्लाको अधिवेशन समाप्त भएको छ। प्राप्त नजितामा सभापति शेरबहादुर देउवा पक्षका धेरैले जिल्ला सभापति जितेका छन्।
७७ मध्ये ४१ जिल्लाका सभापतिहरु देउवा पक्षमा छन्। त्यस्तै, शेखर कोइराला र रामचन्द्र पौडेल पक्षका ३२ जना जिल्ला सभापति छन्। कांग्रेको चौधौं महाधिवेशनमा बेग्लै समूहमा देखिएका कृष्णप्रसाद सिटौला पक्षले २, प्रकाशमान सिंह पक्षले १ र विमलेन्द्र निधि पक्षले १ जिल्लाको नेतृत्व पाएका छन्।
प्रदेश १ मा देउवा पक्षका ७, कोइराला-पौडेल पक्षका ६ र सिटौला पक्षका १ जना जिल्ला सभापति भएका छन्। मधेश प्रदेशमा देउवा पक्षका ६, कोइराला-पौडेल पक्षका १ र निधि पक्षका १ जना जिल्ला सभापति भएका छन्। बागमती प्रदेशका देउवा पक्षका ७, कोइराला-पौडेल पक्षका ५ र प्रकाशमान सिंह पक्षका १ जना जिल्ला सभापति भएका छन्।
त्यस्तै, गण्डकी प्रदेशमा देउवा पक्षका ५, कोइराला-पौडेल पक्षका ५ र सिटौला पक्षका १ जना जिल्ला सभापति भएका छन्। लुम्बिनी प्रदेशमा देउवा पक्षका २ र कोइराला-पौडेल पक्षका १० जना जिल्ला सभापति भएका छन्।
कर्णाली प्रदेशमा देउवा पक्षका ८ र कोइराला-पौडेल पक्षका २ जना जिल्ला सभापति भएका छन्। सुदूरपश्चिम प्रदेशमा देउवा पक्षका ६ र कोइराला-पौडेल पक्षका ३ जना जिल्ला सभापति भएका छन्।
प्रदेश १ का जिल्लाहरू :
१. झापा- देउमान थेबे (कृष्ण सिटौला पक्ष)
२. मोरङ- डिगबहादुर लिम्बु (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
३. सुनसरी- केदार भण्डारी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
४. उदयपुर- हिमाल कार्की (शेरबहादुर देउवा पक्ष)
५. इलाम- डम्बर खड्का (शेरबहादुर देउवा पक्ष)
६. पाँचथर- रुपनारायण जबेगु (शेरबहादुर देउवा पक्ष)
७. तेह्रथुम- अर्जुन तुम्बाहाम्फे (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
८. ताप्लेजुङ- गजेन्द्र तुम्याङ (शेरबहादुर देउवा पक्ष)
९. धनकुटा- दिनेश राई (शेरबहादुर देउवा पक्ष)
१०. भोजपुर- विनोद वान्तबा (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
११. खोटाङ- विष्णुकुमार राई (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
१२. ओखलढुंगा- तेजेन्द्र खनाल (शेरबहादुर देउवा पक्ष)
१३. सोलुखुम्बु- नामगेल जाङ्बु शेर्पा (शेरबहादुर देउवा पक्ष)
१४. संखुवासभा- दीपक खड्का (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
मधेश प्रदेशका जिल्लाहरू :
१. सप्तरी- रामदेव साह (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
२. सिरहा- रामचन्द्र यादव (शेरबहादुर देउवा पक्ष)
३. धनुषा- योगेन्द्र पंजियार (विमलेन्द्र निधि पक्ष)
४. महोत्तरी- नागेश्वर यादव (शेरबहादुर देउवा पक्ष)
५. सर्लाही- सुरेन्द्रप्रसाद सिंह (शेरबहादुर देउवा पक्ष)
६. रौतहट- सुनिलकुमार यादव (शेरबहादुर देउवा पक्ष)
७. बारा- राजेश राय यादव (शेरबहादुर देउवा पक्ष)
८. पर्सा- जनार्दन सिंह क्षेत्री (शेरबहादुर देउवा पक्ष)
बागमती प्रदेशका जिल्लाहरू :
१. सिन्धुली- उपेन्द्रकुमार पोखरेल (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
२. रामेछाप- कान्छाराम तामाङ (शेरबहादुर देउवा पक्ष)
३. दोलखा- बर्मा लामा (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
४. भक्तपुर- दुर्लभ थापा (शेरबहादुर देउवा पक्ष)
५. धादिङ- रामनाथ अधिकारी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
६. काठमाडौं- सबुज कृष्ण बानियाँ (प्रकाशमान सिंह पक्ष)
७. काभ्रेपलान्चोक- तिर्थ लामा (शेरबहादुर देउवा पक्ष)
८. ललितपुर- जितेन्द्रकुमार श्रेष्ठ (शेरबहादुर देउवा पक्ष)
९. नुवाकोट- रमेशकुमार महत (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
१०. रसुवा- पेम्बाछिरिङ तामाङ (शेरबहादुर देउवा पक्ष)
११. सिन्धुपाल्चोक- जंगबहादुर तामाङ (शेरबहादुर देउवा पक्ष)
१२. चितवन- राजेश्वर खनाल (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
१३. मकवानपुर- बुद्ध लामा (शेरबहादुर देउवा पक्ष)
गण्डकी प्रदेशका जिल्लाहरू :
१. गोरखा- नन्दप्रसाद न्यौपाने (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
२. तनहुँ- जितप्रकाश आले (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
३. स्याङ्जा- राजु थापा (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
४. लमजुङ- टकराज गुरुङ (शेरबहादुर देउवा पक्ष)
५. कास्की- किशोर दत्त बराल (शेरबहादुर देउवा पक्ष)
६. मनाङ- शंकर गुरुङ (शेरबहादुर देउवा पक्ष)
७. मुस्ताङ- रोमी गौचन थकाली (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
८. पर्वत- युवराज जोशी (शेरबहादुर देउवा पक्ष)
९. बागलुङ- जित शेरचन (कृष्ण सिटौला पक्ष)
१०. म्याग्दी- खमबहादुर गर्बुजा (शेरबहादुर देउवा पक्ष)
११. नवलपरासी (पूर्व)- महेन्द्रध्व जिसी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
लुम्बिनी प्रदेशका जिल्लाहरू :
१. नवलपरासी (पश्चिम)- अर्जुन पोखरेल (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
२. पाल्पा- हिमालदत्त श्रेष्ठ (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
३. रूपन्देही- रामकृष्ण खाँड (शेरबहादुर देउवा पक्ष)
४. कपिलवस्तु- अब्दुल कलाम (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
५. अर्घाखाँची- केशव श्रेष्ठ (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
६. गुल्मी- खिलध्वज पन्थी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
७. दाङ- शंकरप्रसाद डाँगी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
८. प्युठान- विष्णुकुमार गिरी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
९. रुकुम (पूर्व)- केशरमान रोका (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
१०. रोल्पा- किशोरकुमार आचार्य (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
११. बाँके- नारायणप्रसाद गौडेल (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
१२. बर्दिया- अरुणप्रकाश सिंह राठौर (शेरबहादुर देउवा पक्ष)
कर्णाली प्रदेशका जिल्लाहरू :
१. रुकुम (पश्चिम)- प्रेमप्रकाश ओली (शेरबहादुर देउवा पक्ष)
२. सल्यान- केशवबहादुर विष्ट (शेरबहादुर देउवा पक्ष)
३. सुर्खेत- खड्गबहादुर पोखरेल (शेरबहादुर देउवा पक्ष)
४. दैलेख- मणिराम रेग्मी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
५. जाजरकोट- बेदराज सिंह (शेरबहादुर देउवा पक्ष)
६. डोल्पा- दिपेन्द्रबहादुर शाही (शेरबहादुर देउवा पक्ष)
७. जुम्ला- कर्णबहादुर शाही (शेरबहादुर देउवा पक्ष)
८. कालिकोट- अम्बबहादुर शाही (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
९. मुगु- ऐनबहादुर शाही (शेरबहादुर देउवा पक्ष)
१०. हुम्ला- मोहनविक्रम सिंह (शेरबहादुर देउवा पक्ष)
सुदूरपश्चिम प्रदेशका जिल्लाहरू :
१. कैलाली- नारायणदत्त भट्ट (शेरबहादुर देउवा पक्ष)
२. डोटी- नरेन्द्रबहादुर शाही (शेरबहादुर देउवा पक्ष)
३. अछाम- पुष्पबहादुर शाह (शेरबहादुर देउवा पक्ष)
४. बाजुरा- रामसिंह रावल (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
५. बझाङ- खड्कबहादुर बोहरा (शेरबहादुर देउवा पक्ष)
६. कञ्चनपुर- पदम बोगटी (शेरबहादुर देउवा पक्ष)
७. डडेल्धुरा- भीमबहादुर साउद (शेरबहादुर देउवा पक्ष)
८. बैतडी- चतुरबहादुर चन्द (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
९. दार्चुला- ललितसिंह बोहरा (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)