लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

बेपत्ता बालबालिकाको खोजीमा गोताखोरसहितको टोली परिचालन

सुर्खेत- सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको छ। नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो।

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित रामघाट दशरथपुर जोड्ने झोलुङ्गे पुल नजिक शनिबार भेरी नदीमा नुहाउने क्रममा स्थानीय तीन बालबालिका बेपत्ता भएका थिए।

बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका-११ रामघाटका १० वर्षीया गंगा खड्का, आठ वर्षीया कृष्णा सिञ्जाली र लेकबेंसी नगरपालिका-५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेका छन्। स्थानीय रोजिता थापा र लक्ष्मी पच्भैयाले नदीमा बालबालिका बगिरहेको देखेपछि आफन्तलाई खबर गरेका थिए।

सशस्त्र प्रहरी बल नम्बर ३२ रक्तकाली गणका प्रमुख विमल डाँगीले खोजीकार्य जारी रहेको जानकारी दिए। विपद् उद्धार टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक करण धाँमी र गोताखोर टोलीको नेतृत्व सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले गरेका छन्।

‘आज बिहान १० बजेदेखि गोताखोर र विपद् उद्धार टोली परिचालन गरिएको हो, हालसम्म बेपत्तालाई फेला पार्न सकिएको छैन,’ गणका प्रमुख डाँगीले भने, ‘गोताखोर टोली खोज्दै रामघाटदेखि सत्तरीतर्फ गइरहेको छ।’


प्रकाशित : २०७८ फाल्गुन ३०, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप