लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नवजोत सिंह सिद्धूले प्रदेश कांग्रेस अध्यक्ष पदबाट दिए राजीनामा

पञ्जाबमा कांग्रेसको प्रदेश अध्यक्ष नवजोत सिंह सिद्धूले राजीनामा दिएका छन् । राजीनामाको चिट्ठी उनले आफ्नो ट्वीटर ह्यान्डलबाट ट्वीट गरेका छन् ।

उनले कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘म अध्यक्ष पदबाट राजिनामा दिइरहेको छु ।’

यसअघि पाँच राज्यको विधानसभा चुनावमा कांग्रेसको हारपछि सोनिया गान्धीले प्रदेश कांग्रेस कमिटीको अध्यक्षबाट राजीनामा मागेका थिए ।

कांग्रेस प्रवक्ता रणदीप सुरेजावालाले ट्वीट गरेर भनेका थिए, ‘कांग्रेस अध्यक्ष श्रीमती सोनिया गान्धीले उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरका पीसीसी अध्यक्षलाई पीसीसी (प्रदेश कांग्रेस कमेटी) को पुनर्गठनका लागि आफ्नो राजीनामाको माग गरेकी छिन् ।’

सोनियाले भनेपछि नवजोत सिंह सिद्धूबाहेक उत्तराखण्ड प्रदेश कांग्रेस अध्यक्ष गणेश गोदियालले पनि आफ्नो राजीनामा दिइसकेका छन् ।


प्रकाशित : २०७८ चैत्र २, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप