लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

‘कश्मीर फाइल्स’ नेपालमा रिलिज हुँदै, भारतमा ५ दिनमै ६० करोड कमायो

अनुपम खेर स्टारर बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ शुक्रबारदेखि नेपालमा प्रदर्शन हुने भएको छ । वितरक मनोज राठीले देशभरका हलमा फिल्म प्रदर्शन हुन लागेको जानकारी दिए ।

भारतीय बक्स अफिसमा उछाल कमाइ गरेको यो फिल्मलाई समीक्षा पनि उत्कृष्ट मिलिरहेको छ । ‘भारतको कमाइ र समीक्षाको ट्रेन्ड हेरेपछि नेपालमा ल्याउनैपर्ने देख्यौं,’ राठीले भने, ‘शुक्रबार सबै हलबाट रिलिज हुन्छ ।’

भारतीय बक्स अफिसमा फिल्मले पाँच दिनमा ६०.२० करोड नेट कमाइ गरेको छ । पहिलो दिन ३.५५ करोड कमाएको फिल्मले दोस्रो दिन ८.५० करोड, तेस्रो दिन १५.१० करोड र चौंथो दिन १५.५ करोड कमाइ गरेको थियो ।

पहिलो साताको समाप्तिसम्म फिल्मले ९० करोड भारु नेट कमाइ गर्ने प्रक्षेपण गरिएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मलाई ‘ब्लकबस्टर’को रुपमा उल्लेख गरेका छन् ।

भारतको कमाइ र समीक्षाको ट्रेन्डको प्रभाव नेपाली बक्स अफिसमा समेत देखिने अनुमान गरिएको छ ।


प्रकाशित : २०७८ चैत्र २, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •