तिमी हाेलि खेल भन्छौ
हुन्छ खेलि दिउला
तर काेसँग ?
कुन रङ्गले खेलौ ?
ल्याई देउन
अँजुली भरि रङ्ग
जुन रङ्गमा म रङ्गिन सकु
तन मन रङ्गिदै
अात्मा रङ्गियाेस् सदाकाे लागि
कहिले नमाेटिने
अमिट रङ्गमा /
जुन रङ्गमा सुवास मेरो देशको अावस्
राताे लालि गुराँस छावस्
सिन्दुरि रङ्गमा रङ्गिदै
संसार सिम्रिक सरि बनाेस्
मेरो पाखाकाे बाँसकाे पिच्कारिमा
मेचीमहाकालीकाे अमृत भरि
मलाई निथ्रुक्कै बनावस् /
सद्भावकाे पर्व हाेलि
म खाेज्दै छु त्यो हृदय
जहाँ अलिकति नै सहि
भाईचारा बाँकी हाेस्
राष्ट्रियताकाे रङ्ग हाेस्
मुटुमा बुद्ध बाेकि
देश खाेजाेस्
बाल्दै शान्तिकाे ज्याेति
अनि पाे मनाउनु हाेलि
हाेईन र ? /
यहाँ त अाफ्नै बैरि भए
जसलाई विश्वास गरियाे
उसैले
अामा बेच्चे
अनि
त्यो घरकाे छाेरि
के सुरक्षित रहन सक्लान ?
ती तमाम निर्मला,कमलाकाे
अाँसुले खेलौ त हाेलि
मन्जुर छ तिमीलाई ? /
मलाई गिज्याउदै छन्
सहिदका ती राता र ताता रङ्गले
सगरमाथा राताम्मे देख्छु
सेती रक्ताम्य भेट्छु
चन्द्र सूर्य लथ्पथ
अनि
तिमी अाफै भन त
कुन रङ्गले खेलौ म हाेलि ? /
समय उल्टो चलेकाे छ
किन बुझ्दैनौ तिमी
रङ्ग कहाँ छ
अामा रङ्ग बिहिनि भएकि छिन्
उजाडिएकि छिन्
खुसी हराएको छ
अामा लुटिएको बेला
उमङ्ग हुन्छ र कहि ?
हाेलि त उमंगकाे पर्व हाेईन र ?
त्यसैले प्रिय नखाेलौ
याे वर्ष हाेलि //
पुनम घिमिरे