लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नियमविपरीत शुल्क असुल्दै सामुदायिक विद्यालय

दैलेख-शिक्षकलाई तलब खुवाउने बहानामा दैलेखको ठाटीकाँध गाउँपालिकामा रहेका केही सामुदायिक विद्यालयले नियमविपरीत विद्यार्थीबाट शुल्क असुल्ने गरेको पाइएको छ । शिक्षक शिक्षिकालाई तलब खुवाउने भन्दै ठाँटीकाँधका विद्यालयले नियमविपरीत मासिक एक सयदेखि चार सयसम्म शुल्क असुल्ने गरेको पाइएको हो ।
ठाँटीकाँध गाउँपालिका–६ मा रहेको बालकल्याण आधारभूत विद्यालय, वडा नं. ४ मा रहेको चुली आधारभूत विद्यालय डाँडाखाल, देवती माध्यमिक विद्यालय गैरागाउँ, मालिका माध्यमिक विद्यालय र जनता आधारभूत विद्यालयले विद्यार्थीबाट नियमविपरीत शुल्क उठाउने गरेको अभिभावकले गुनासो गरेका छन् ।
संविधानले माध्यमिक तहसम्म शिक्षालाई निःशुल्क बनाए पनि सामुदायिक विद्यालयले शिक्षक शिक्षिकालाई तलब खुवाउने भन्दै विद्यार्थीबाट शुल्क उठाउनु संविधान र नियमविपरीत भएको अभिभावकहरू बताउँछन् । गाउँपालिकाका जनप्रतिनिधिले कार्यकर्ता पाल्नका लागि आफूखुसी शिक्षक, शिक्षिका राख्ने गरेको र त्यसको प्रत्यक्ष मार अभिभावकलाई परेको ठाँटीकाँध गाउँपालिका–४ का स्थानीय टिकाराम कठायतको भनाइ छ । त्यस गाउँपालिकामा मावि सञ्चालन भएका विद्यालयले कक्षा ६ देखि पैसा असुल्ने गरेका छन् भने प्राथमिक आधारभूत विद्यालयले कक्षा १ देखि मनपरि शुल्क उठाइरहेका छन् । संविधानको धारा ३१ को बुँदा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मका शिक्षा अनिवार्य निःशुल्क तथा माध्यमिक तहको शिक्षा निःशुल्क पाउने भनी उल्लेख गरिएको छ । संविधानविपरीत रकम असुलेर ती विद्यालयले गैरकानुनी काम गरेको अभिभावकहरूको भनाइ छ ।
गाउँपालिकाबाट सय मिटरको दूरीमा रहेका विद्यालयमा समेत कक्षा १ देखि नै मासिक चार सय रुपैयाँका दरले उठाउने गरिएको पाइएको छ । तर पालिकाले चासो दिँदैन, यो विद्यालयमा शिक्षक राखेर कार्यकर्ता पोस्ने काम गरेको ठाँटीकाँध गाउँपालिकाका एक कर्मचारीले बताए । स्थानीय सरकारको बेवास्ताले सर्वसाधारण सरकारी विद्यालयलाई शुल्क बुझाउन बाध्य भएका छन् । ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँका खम्बबहादुर कठायतका चार सन्तान देवती माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । उनले चार जना सन्तालले विद्यालयमा अध्ययन गरेवापत मासिक सात सय रुपैयाँ बुझाउनु परेको गुनासो गरे ।
विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नहुँदा गुणस्तरीय शिक्षा दिनका लागि सल्लाहबमोजिम नै शुल्क लिने गरेको देउती माध्यमिक विद्यालय गैरागाउँका प्रधानाध्यापक सुरतबहादुर शाहीले
बताए । ठाँटीकाँध गाउँपालिका–६ मा रहेको बालकल्याण आधारभूत विद्यालयमा पनि मासिक शुल्क लिने गरेको प्रधानाध्यापक टेकबहादुर रोकायाले बताए । शिक्षक अभावले पढाइ नहुने हुँदा अभिभावकसँग शुल्क उठाएर शिक्षकलाई तलब खुवाउँदै आएको उनले स्वीकार गरे । संघले दरबन्दीको व्यवस्थापन नगरिदिने र स्थानीय सरकारले पनि चासो नदिँदा विद्यार्थीबाट शुल्क उठाउनु रहर नभई बाध्यता भएको प्रधानाध्यापक रोकायाले वताए ।
सामुदायिक विद्यालयमा पनि निजी विद्यालय जसरी शुल्क दिनुपर्ने बाध्यताले अभिभावकलाई सकस हुने गरेको छ । विद्यालयले विद्यार्थीबाट शुल्क असुली गर्दै आएको छ भने उता विद्यालयका संरचना भने जीर्ण भएको स्थानीयको भनाइ छ । शिक्षा क्षेत्र नै प्राथमिकतामा राख्नु पर्ने स्थानीय सरकारको दायित्व भए पनि पर्याप्त मात्रामा बजेट विनियोजन नगर्नु दुर्भाग्य भएको शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापाले बताए । गाउँपालिकाको नाराले व्यावसायिक शिक्षालाई जोड दिएको भए पनि त्यो नारामै सीमित छ । शिक्षा क्षेत्र अहिलेसम्म प्राथमिकतामा परेको छैन । नेतृत्व इमान्दार बन्न नसक्दा विद्यालयको अवस्था दयनीय छ भने विद्यार्थीबाट शुल्क असुली कानुनविपरीत भएको स्थानीय खम्ब कठायत बताउँछन् ।


प्रकाशित : २०७८ चैत्र १७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप