लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

लोपोन्मुख जातिको वृत्तचित्र निर्माण हुँदै

दाङ । लुम्बिनी प्रदेशका लोपोन्मुख जातिको लोक–संस्कृतिबारे वृत्तचित्र निर्माण हुने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले लोपन्मुख जातिबारे वृत्तचित्र निर्माण गर्न लागेको हो ।

प्रदेश सरकारको सयहयोगमा सो वृत्तचित्र निर्माण गर्न लागेको मुख्य अध्ययता संस्कृतिविद् डा. गोविन्द आचार्यले बताए ।

सो जातिको लोकगीत तथा लोक संगीत अध्ययन गरेर अनुसन्धानात्मक पुस्तक तथा वृत्तचित्र तयार गरी उनीहरूको कला, संस्कृतिको प्रवर्द्धन गरिने डा. आचार्यले बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका बादी, रैदास(चमार), गन्धर्व, दमाई, कुसुण्डा, किङरिया, नटलगायत जातिको लोकगीत तथा लोक संगीतमा अध्ययन गरिने जानकारी दिए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले दाङका बादी, दमाई र रैदास (चमार) समुदायसँग लोक संस्कृतिबारे छलफल, अनुसन्धानात्मक पुस्तकको अध्ययन तथा वृत्तचित्रका लागि छायांकन गरेको छ ।

प्रतिष्ठान सदस्य तथा वरिष्ठ लोक गायिका हरिदेवि कोइरालाले संकटपूर्ण अवस्थामा रहेको लोक संस्कृतिको जगेर्ना गनुपर्ने बताएकी छन् ।


प्रकाशित : २०७८ चैत्र १७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप