लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन स्थगित

सुर्खेत । यही चैत्र २६ गते हुने सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतको आदेश अनुरुप संघको निर्वाचन स्थगित भएको हो ।

उच्च अदालतका का.मु. मुख्य न्यायाधीस शेषराज सिवाकोटीको एकल ईजलासले दुवै पक्षको भनाई सुनी निष्कर्ष पुग्न उचित देखिएकोले निर्वाचन कार्य अगाडी नबढाउन अन्तरिम आदेश जारी गरेको छ । आदेशमा चैत्र २४ गते छलफलकालागि पेशी तोकिएको छ ।

स्मरण रहोस सदस्यता नवीकरण विवाद हुँदा संघमा असन्तुष्ट व्यापारीहरुले तालाबन्दी गरेका छन् । यता वर्तमान कार्यसमितका केही पदाधिकारीहरुले विधान विपरित सदस्यता नवीकरण गर्न नसक्ने जनाउँदै निर्वाचनको तालिका सार्वजनिक गरेका थिए । तालिका सार्वजनिक भएसंगै असन्तुष्ट पक्षबाट उच्च अदालत सुर्खेतका रिट दायर भएको थियो । रिटमा जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई समेत विपक्षी बनाइएको छ ।

 


प्रकाशित : २०७८ चैत्र १८, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •