लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एचडब्लूपीएल (HWPL)द्वारा विश्व शान्ति सेमिनार र पुरस्कार समारोह सम्पन्न

काठमाडौं, चैत २० गते । अहिंसात्मक शान्तिका लागि महात्मा एमके गान्धी फाउन्डेसन र अन्तर्राष्ट्रिय शान्ति गैरसरकारी संस्था, हेवेनली कल्चर, वर्ल्डपिस, रेस्टोरेसन अफ लाईट (एचडब्लूपीएल) द्वारा विश्व शान्ति सेमिनार र पुरस्कार समारोह सम्पन्न भएको छ । समारोहमा मा शान्तिका लागि विश्वव्यापी कार्यहरूको लागि एकताको पुष्टि गर्न नागरिकहरू, शैक्षिक संस्थाका प्रमुखहरू, धार्मिक गुरुहरू र चार महादेशका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापकको सहभागिता थियो ।

अहिंसात्मक शान्तिका लागि महात्मा एमके गान्धी पुरस्कार तीन दशकभन्दा बढी समयदेखि प्रदान गरिदैआएको छ । चेडका आयुक्त डा. रोनाल्ड एल अदामत र भेन. आशिन हतावरा, अल–बर्मिज मोंक्स रेप्रेसेंटेतीव कमिटिका महासचिवलाइ यस वर्षको पुरस्कार प्रदान गरिएको छ । डा. रोनाल्ड एल एडमाट फिलिपिन्समा शान्ति शिक्षा प्रवर्धन गर्न योगदान दिनुभएको छ । सन् २०१९ मा उहाँले सबै राज्य विश्वविद्यालय र सामुदायिक कलेजका लागि अनिवार्य शान्ति शिक्षा स्वीकृत गर्नुभएको थियो ।

त्यस्तै, फिलिपिन्समा शान्ति शिक्षा पाठ्यक्रमहरू वितरण गर्न एचडब्लूपीएलसँग सहमतिमा हस्ताक्षर गर्नुभएको थियो । भेन. ह्वाराले अर्कोतर्फ, म्यानमारमा दुईवटा शान्ति पुस्तकालय स्थापना गर्नुभएको थियो । नर्वेमा रहेको वल्र्ड एलायन्स अफ रिलिजिन्स पिस (वार्प) कार्यालयमा भाग लिएर युद्धको अन्त्य र शान्ति प्रवर्धन गर्न अन्तर्राष्ट्रिय कानूनको समर्थनमा भएको अभियानको नेतृत्व पनि उहाँले गर्नुभएको थियो ।

आफ्नो स्वीकृति मन्तव्यमा शान्तिविना कुनै मुलुकले दिगो विकासको अपेक्षा गर्न नसक्ने उहाँले बताउनुभयो । “गान्धीको अहिंसाको भावना म्यानमारमा जीवित छ । नागरिक अहिंसात्मक आन्दोलनका साथ सैनिक दमनविरुद्ध लडिरहेका छन् । अन्तर्राष्ट्रिय समुदायमा शान्ति र युद्ध अन्त्यका लागि गैरसरकारी संस्था र नागरिकलाई भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो ।

सन् १९८९ मा स्थापना भएदेखि यो फाउन्डेसनले विश्व शान्ति र मानवतामा ठूलो योगदान पु¥याउने शान्ति कार्यकर्तालाई हरेक वर्ष अहिंसात्मक शान्तिको लागि महात्मा एमके गान्धी पुरस्कार प्रदान गर्दै आएको छ । पूर्व पुरस्कार विजेतामा संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर र दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला हुनुहुन्छ ।

फाउन्डेसनका महासचिव डा. ज्योति मोहपाता र महात्मा एमके गान्धी पुरस्कारका पूर्व प्राप्तकर्ता एचडब्लूपीएलका अध्यक्ष श्री मान ही लीले स्वागत गर्नुभएको थियो । फिलिपिन्सका राष्ट्रपति पदका उम्मेदवार फर्डिनान्ड “बोङ बोङ“ मार्कोस जूनियर; फिलिपिन्सको सिनेटका पूर्व सिनेटर र डाभाओ शहरका वर्तमान मेयर सारा डुटेर्टे; उच्च शिक्षा आयोगका अध्यक्ष (चेड), आयुक्त डा. जे. प्रोस्पेरो “पोपोय“ ई. डे भेरा तेस्रो र नेपालबाट माओवादी पार्टीकी नेतृ कोपिला कुँवरले बधाई ज्ञापन गर्नुभयो ।

विश्व शान्ति सेमिनारमा अवार्ड समारोह पछि महात्मा एमके गान्धी फाउन्डेशन फर ननभायोलेन्ट पिस् र एचडब्लूपीएलका वक्ताहरूले वर्तमान विश्वव्यापी परिस्थितिमा शान्तिको अभ्यास र शिक्षाको महत्वबारे प्रस्तुत गर्नुभएको थियो । शान्ति र डिक्लेरेसन अफ् पिस् एण्ड सेसेसन अफ् वारको महत्वलाई प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष श्री प्रसन्न आचार्य, अन्तर्राष्ट्रिय उपाध्यक्ष प्रोफेसर ललित अग्रवाल, र बोर्ड अफ गभर्नरका सदस्य, प्रोफेसर दीपशिखा कालरा, सुहन पार्क, एचडब्लूपीएलमा अन्तर्राष्ट्रिय कानून विभागका शाखा महानिर्देशक, प्रोफेसर रोमेल सान्तोस डियाज, डोमिनिकन संघीय फाउन्डेशन को अध्यक्ष; र रेभ. स्वामी आनन्द परिव्राजक, अन्तर्राष्ट्रिय ब्रह्मऋषि मिशनका आध्यात्मिक नेताहरुको सहभागिता थियो ।

एचडब्लूपीएलको अन्तर्राष्ट्रिय कानून विभागका शाखा महानिर्देशक सुहन पार्कले विश्वभरि चलिरहेको शान्ति अभियानबारे जानकारी गराउनुभएको थियो । म्यानेजमेन्ट एजुकेशन एण्ड रिसर्च इन्स्टिच्युट (मेरी) ग्रुप अफ इन्स्टिच्युसनकी डीन प्राध्यापक दीपशिखा कालराले शान्ति शिक्षाको महत्वमा जोड दिनुभयो ।

एचडब्लूपीएलका अध्यक्ष मान ही लीले “शान्ति भनेको विश्वव्यापी समुदायमा बस्ने सबैले अनुभव गर्न पाउनु पर्ने अधिकार हो“ भन्नुभयो । विश्वका विभिन्न भागमा वर्तमान समयमा बहुमूल्य ज्यान गुमाउने अर्थहीन युद्धको अन्त्य गर्न उहाँले आग्रह गर्नुभयो ।


प्रकाशित : २०७८ चैत्र २०, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप