लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

गठबन्धनले एमाले सशंकित, देशैभर बन्न थाले संयन्त्र

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ दलहरुको गठबन्ध र एकता थप मजबुत बन्दै गएको छ । सोही क्रममा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि आफ्नो पक्षमा गठबन्धन बनाउन प्रयास गरिरहेको छ । सत्तारुढ दलहरुबीच चुनावी तालमेलको लागि गठबन्धन बाहिर नजाने गरी सहमति भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केही अत्तालिएको देखिन्छ । एमालेले गठबन्धनबीचको एकता भत्काउन अनेक प्रयत्न जारी राखेको छ । तर पनि गठबन्धन दलहरुबीच नियमित संवाद, छलफल र बैठकहरुले गर्दा एमालेको प्रयास सफल हुन सकेको छैन ।

गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाबीच केन्द्रीयस्तरमा भएको सहमति क्रमशः जिल्लाहरुमा कार्यान्वयन हुँदै गइरहेका छन् । ती दलहरुले केन्द्रमा बनाएको गठबन्धन संयन्त्रजस्तै प्रदेश र जिल्लाहरुमा पनि बनाउन थालेका छन् । सातै वटा प्रदेशमा गठबन्धनका साझा संयन्त्र बनिसकेका छन् भने जिल्लाहरुमा पनि गठन भैरहेका समाचारहरु आइरहेका छन् । आज मात्रै गण्डकी प्रदेशको लमजुङ जिल्लामा संयन्त्र बनेको छ भने हिजो चितवनलगायतका जिल्लामा बनेका थिए ।

त्यसैगरी सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति पनि गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

समितिमा काँग्रेसका तर्फबाट महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट सचिवालय सदस्यद्वय वर्षमान पुन र देव गुरुङ छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता अशोक राई र केन्द्रीय कार्यकारिणी समिति सदस्य रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीलाई सदस्य बनाइएको छ ।

बैठकले यसअघि गठबन्धनको संयन्त्रले गरेको निर्णयअनुसार चैत २५ गतेभित्र यथार्थ अवस्थाको रिपोर्ट पठाइसक्न ताकेता गरेको छ । प्रदेश, जिल्ला र पालिका तहमा बनेको संयन्त्रले रिपोर्ट पठाएपछि पौडेल नेतृत्वको समितिले तथ्याङ्क केलाउने छ । त्यसपछि चुनावी तालमेलबारे मोडालिटी तयार गरिने छ ।

गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्ने र अन्य दलसँग गर्नैपर्ने अवस्था सिर्जना भएमा गठबन्धनमा सहमति गरेर मात्रै गर्ने, एक अर्काको आलोचना वा भण्डाफोर नगर्ने, आरोप–प्रत्यारोप नगर्ने, विचार फरक भए पनि व्यवहारमा एकरुपता कायम गरेर जाने तथा प्रतिगामी शक्तिका विरुद्ध साझा र एकताबद्ध भएर लड्ने संकल्प देखिन्छ ।

गठबन्धनको पछिल्लो एकताबाट सबैभन्दा धेरै विपक्षी नेकपा एमालेमा आक्रोश र संशय उत्पन्न भएको विश्लेषण गर्न थालिएको छ । पार्टी अध्यक्ष ओलीबाट दैनिकरुपमा अभिव्यक्त धारणामा पनि उक्त आशय प्रकट भइरहेका छन् । राप्रपा र विप्लव समूहलगायतसँग चुनावी तालमेल गर्ने कोशिस समेत ओलीले गर्नुभएको छ ।


प्रकाशित : २०७८ चैत्र २२, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •