लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सर्ट सर्किटबाट बच्नको लागि मङ्गलम वायर सेफ

अहिलेको आधुनिक युगमा विद्युत बिनाको दैनिकी कल्पना पनि गर्न सकिँदैन । विद्युतले जीवन सहज अवश्य बनाएको छ , तर सानो–सानो असावधानीले पनि ठुलो– ठुलो दुर्घटनाहरु घटेका समाचारहरु पनि नियमित रुपमा आइरहन्छन्। विद्युत शर्ट भएर आगलागी भएको घटनाहरु हाम्रो लागि कुनै नौलो हैन । यस्ता दुर्घटनाहरुले मानिसको अंग–भंग हुनेदेखि लिएर ज्यानै जाने र आर्थिक हिसाबमा पनि ठुलो रकमको धन–जनको क्षति हुनुको साथै कारोबार नै बन्द गर्नुपर्ने सम्मको स्थिति आउन सक्छ ।

यस्ता धेरै समस्याको मुख्य कारण भनेको नै घर बनाउँदा वायरिङ्गको लागि प्रयोग गरिने पाइपको सहि छनोट गर्न नसक्नु नै हो । एक त नेपाली बजारमा यस्ता दुर्घटनाहरुबाट जोगाउने आधुनिक र सुरक्षित उत्पादनहरु नै त्यति उपलब्ध थिएन बजारमा र अहिले उपलब्ध उत्पादनको बारेमा पनि खासै धेरै मानिसहरुलाई थाहा छैन । त्यसैले उनीहरुले वायरिङ्गकै लागि बनेको वायरसेफ पाइप प्रयोग गर्नुको सट्टा खानेपानीको लागि प्रयोग हुने पाइप अथवा अर्को कालो एच्डिपिइ पाइप प्रयोग गर्ने गर्दछन्। तर यस्तो पाइपहरु वायरिङ्गको लागि बनेको नहुने हुँदा शर्ट सर्किट भएको खण्डमा यस्तो पाइपहरुले सुरक्षा दिन सक्दैनन्।

उपभोक्ताहरुको सुरक्षालाई ध्यानमा राखेर यस्ता दुर्घटनाहरु कम गर्ने मुख्य उद्धेश्यको साथ मंगलम उद्योगले मंगलम वायरसेफ बजारमा ल्याएको हो। यी पाइपहरु विद्युतको कुचालक भएको हुँदा यिनीहरु अग्नी प्रतिरोधी छन्। वायरसेफकोमुख्य विशेषता भनेको यसमा भएको फायर रिटार्डेन्ट लो स्मोक ९ँच्ीक्० प्रविधि हो जसले गर्दा तारहरु शर्ट भइहाले पनि आगो पाइप भित्रै निभ्छ र बाहिर फैलिन पाउँदैन । भन्नुको मतलब यी पाइपहरु प्रयोग गरेपछि आफ्नो घरमा विद्युत शर्ट सर्किट भएर आगलागी हुने डरबाट सँधैको लागि मुक्त भइन्छ ।

यिनीहरुको जोइन्ट र फिटिङ्स स्लिप–अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदा वायरिङ्ग गर्न सजिलो हुनुका साथैछोटो समयमा नै बलियोसँग जोडिन्छन्। यसको साथै यिनीहरु कोरोजन रेसिस्टान्ट भएको हुनाले धेरै टिकाउ हुने हुन्छन्जसले गर्दा मर्मत सम्भारको खर्च पनि स्वतः कम हुन्छ । यी पाइपहरु वजनमा धेरै हल्का र किफायती त छन् नै, यिनीहरु वातारणमैत्री पनि छन् ।


प्रकाशित : २०७८ चैत्र ३०, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप