लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

चितवनमा मिल्यो सत्तारुढ गठबन्धनबीचको भागबण्डा

चितवन । सत्तारुढ गठबन्धनका दलहरुले चितवनका पालिकाहरुमा भागबण्डा टुङ्ग्याएका छन् । चितवनको भरतपुर महानगरपालिकाको भागबण्डा केन्द्रले टुङ्ग्याएसँगै सत्तारुढ गठबन्धनका दलहरुले सो बाहेकका ६ पालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डा गरेका हुन् ।

जिल्लाको एक गाउँपालिका र ५ नगरपालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डाका बारेमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच सहमति भएको हो ।

सहमति अनुसार काँग्रेसले ४ वटा पालिकाको प्रमुख, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक÷एक वटा पालिका प्रमुख लिने भएका छन् । काँग्रेसले चितवनको इच्छाकामना गाउँपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिकाको प्रमुख पद लिने सहमति भएको गठबन्धनको जिल्ला संयन्त्रको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनका अनुसार माओवादी केन्द्रले माडी नगरपालिकाको प्रमुख पद लिने भएको छ भने एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख लिने भएको छ । यता गठबन्धनको चितवनको जिल्ला संयन्त्रले जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखसहित सदस्यहरुको समेत भमगबण्डा मिलाएको छ ।

जसअनुसार जिल्ला समन्वय समिति चितवनको प्रमुख पद काँग्रेसले लिने भएको छ भने उपप्रमुख पद माओवादी केन्द्रले लिएको छ । जिल्ला समन्वय समितिको सदस्य पदमा तीन वटै दलहरुले २/२ वटा सिट लिने सहमति भएको छ ।

त्यस्तै इच्छाकामना गाउँपालिका, खैरहनी र कालिका नगरपालिकाको उपप्रमुख पद माओवादी केन्द्रले पाएको छ । रत्ननगर नगरपालिकाको उपप्रमुख पद एकीकृत समाजवादीले पाएको छ भने माडी नगरपालिकाको उपप्रमुख पद काँग्रेसको भागमा परेको छ ।

गठबन्धनको बैठकले इच्छाकामना गाउँपालिकाको वडा तहको भागबण्डा समेत टुङ्ग्याएको छ । जसअनुसार इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ माओवादी केन्द्रले लिने भएको छ भने ४, ५, ६ र ७ काँग्रेसको भागमा परेको छ । सो पालिकाको केही वडा सदस्य पद एकीकृत समाजवादीले लिने भएको छ ।

अन्य पालिकाको वडा तहको भागबण्डा गर्न भने बाँकी छ । अन्य ५ वटा नगरपालिका र भरतपुर महानगरपालिकाको वडा तहको भागबण्डाका लागि केही बेरमा गठबन्धनको बैठक बस्ने बताइएको छ ।


प्रकाशित : २०७९ बैशाख ९, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप