लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पहिलो दिन १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । ३० वैशाखको चुनावका लागि मनोनयनको पहिलो दिन देशका बिभिन्न पालिकाका बिभिन्न पदका लागि १० हजार ५३३ उम्मेदवारी जनाको उम्मेदवारी दर्ता भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारी दर्ताको यो प्रारम्भिक तथ्याङ्क हो ।

आज पहिलो दिन भएकाले धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय छ । ठूला दलह?को उम्मेदवारी दर्ता नभएकाले सोमबार बढी प्रेसर हुने आयोगले अनुमान गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहमा धेरै संख्यामा उम्मेदवारी दिने भएकाले भीडभाड नहोस् भन्नका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको थियो ।

तर, पहिलो दिन सोचे अनुसार सहज हुने गरी उम्मेदवारी दर्ता नभएकाले सोमबार प्रेसर हुने अनुमान छ ।

निर्वाचन कार्यक्रम अनुसार सोमबार नै उम्मेदवारह?को नामावलीको सूचि प्रकाशित गर्नुपर्ने हुन्छ । मंगलबार दावी विरोधको समय निर्धारण गरिएको छ ।

बुधबार र बिहीबार दावीविरोध उपर जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । आयोगका अनुसार १७ गते शनिवार उम्मेदवारह?लाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।


प्रकाशित : २०७९ बैशाख ११, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप