लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

युद्धकै बीच सगरमाथा चढ्न आइन् युक्रेनी महिला

काठमाडौं । रुसी आक्रमणविरुद्ध युद्ध लडिरहेको युक्रेनबाट जारी वसन्त ऋतुमा एक महिला आरोहीले आफ्नो मुलुकको प्रतिनिधित्व गर्ने भएकी छिन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म यो सिजनमा सगरमाथा चढ्न ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

जसमध्ये युक्रेनबाट एक आरोही (महिला)को मात्र अनुमति जारी भएको विभागले जजाएको छ । यो सिजन रुस-युक्रेन युद्धका कारण कम मात्र यूरोपेली पर्वतारोही आरोहणमा आउने अनुमान गरिएको थियो ।

तर, यस पटक पनि अमेरिका र यूरोपबाट नै बढी आरोही नेपाल आएका छन् । विभागका अनुसार युक्रेनमाथि आक्रमण गरिरहेको रुसबाट ५ महिलासहित १७ जना आरोही सगरमाथा चढ्ने उद्देश्यले नेपाल आएका छन् ।

सगरमाथा चढ्न आउनेमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आएका छन् । यो सिजन शुक्रबारसम्म १३ महिला र ५१ पुरुष गरी अमेरिकाबाट ६४ जना आरोहीले सगरमाथा चढ्न अनुमति लिएको तथ्यांक छ । दोस्रो नम्बरमा बेलायती नागरिक छन् ।

४ महिला ३० पुरुष गरि बेलायतबाट ३४ जना आरोहीले अनुमति लिएका छन् । यो सिजन २१ जना नेपाली आरोही सगरमाथा जाँदैछन्, जसमध्ये ६ जना महिला छन् । भारतबाट २३ जनाले अनुमति लिएकोमा ८ जना महिला रहेको विभागको तथ्यांक छ ।

२५ हिमालमा ८९९ लाई अनुमति

विभागका अनुसार शुक्रबारसम्म २५ वटा हिमालमा आरोहण अनुमति जारी भएको छ । जसमध्ये सबैभन्दा धेरै सगरमाथामा छन् । यो सिजन ११ समूहका ८९९ आरोहीले विभिन्न हिमालमा चढ्न अनुमति लिएका हुन् ।

सगरमाथामा ३९ समूहका ३१६ जना आरोही जाने छन् । ल्होत्से हिमालमा ११२ जना आरोही जाँदैछन् । अमादब्लममा ९७, कंचनजंघामा ६८, नुप्त्सेमा ५७ र धौलागिरिमा २७ जनाले अनुमति लिएको विभागले जनाएको छ ।

यसरी आएका आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकाबाट १३३ जना आएका छन् । बेलायतबाट १०६ आरोहीले अनुमति लिएका छन् ।

४६ करो८ ७५ लाख रोयल्टी संकलन

हिमाल आरोहणमा जाने पर्वतारोहीबाट शुक्रबारसम्म कुल ४६ करोड ७५ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । रोयल्टी आउने सबैभन्दा ठूलो हिमाल सगरमाथा हो ।

सगरमाथाबाट यो सिजनमा ३९ करोड ५५ लाख रुपैयाँ रोयल्टी उठिसकेको छ । रोयल्टी धेरै संकलन वसन्त ऋतुकै आरोहण सिजनमा हुन्छ ।

किनकी अन्य सिजनमा कम आरोही आउने भएकाले सरकारले रोयल्टीमा छूट दिएको हुन्छ ।


प्रकाशित : २०७९ बैशाख १८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •