प्रियंका चोपडा बलिउडकी चर्चित नायिका हुन् । प्रियंकाले आज ग्लोबल स्टारको रुपमा आफ्नो पहिचान बनाएकी छिन् । अभिनेत्रीले सन् २००० मा मिस वर्ल्ड सौन्दर्य प्रतियोगिताको उपाधि जितेकी थिइन्, त्यसपछि प्रियंकाले पछाडि फर्केर हेरेकी छैनन् र सफलताको सिँढी मात्र चढिन् ।
यतिबेला विश्वभर चर्चा कमाएकी प्रियंकाको एउटा फोटोसुटका तस्वीरहरू निकै भाइरल भइरहेका छन् । सायद यो तस्बिर तपाईंले पहिले नदेखेको हुनसक्छ, किनभने यो अभिनेत्रीको मिस वर्ल्डको समयको हो ।
प्रियंका चोपडा सन् २००० मा मिस वर्ल्ड बन्ने क्रममा खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । स्टाइलको मामिलामा सधैं चर्चामा रहने प्रियंका यी तस्विरहरूमा सुन्दर देखिन्छिन्, तर त्यतिबेला अभिनेत्रीको फेसन सेन्सको के कुरा गर्ने ? यी तस्विरहरूमा बेवाच अभिनेत्रीले बिकिनीमा भारतीय टच पनि दिएकी छिन् ।
मिसेज जोनासले आफ्नो निधारमा बिन्दी लगाएकी थिइन् र हातमा चुराहरू पनि लगाएकओ थिइन् । प्रियंकाले ब्रोन्ज मेकअप लगाएर कपाल खुला राखेकी छिन् ।
यस फोटोसुटमा प्रियंकाले निकै किलर पोज दिएकी छिन् । प्रियंका समुद्रको छेउमा खैरो रंगको बिकिनीमा रुखको छेउमा पोज दिँदै सुन्दर देखिएकी छिन् । जब प्रियंका २००० मा मिस वर्ल्ड बनिन्, उनी २१ वर्षकी थिइन्। आजको मितिमा प्रियंका एक चर्चित अन्तर्राष्ट्रिय स्टार बनेकी छिन् । पप गायक निक जोनससँग विवाह गरेपछि प्रियंका विदेशमा बसेकी छिन् ।
वर्कफ्रन्टको कुरा गर्दा प्रियंका आगामी हलिउड फिल्म ‘सिटाडेल’, ‘इट्स ऑल कमिङ ब्याक टु मी’ र ‘एन्डिङ थिंग्स’मा देखिने छिन् । उनी फरहान अख्तरको निर्देशनमा बनेको बलिउड फिल्म ‘जी ले जरा’मा पनि कट्रिना कैफ र आलिया भट्टसँगै देखिनेछिन् ।