लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

अपाङ बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा दैनिक आवश्यकीय सामाग्री प्रदान

ओलीको राजीनामा पछी बाम एकता

आगामी मंसिर महिनाभित्र संघ र प्रदेशको निर्वाचन हुने कुरा लगभग पक्का छ । मंसिरमा हुने निर्वाचनमा कसको अनुहार कस्तो हुनेछ भन्ने कुरा स्थानीय तहको निर्वाचन परिणामले पनि प्रष्ट पारेको छ ।

स्थानीय तह निर्वाचनको परिणामले एमाले नेता, कार्यकर्ताहरुलाई रुनु न हाँस्नु बनाएको छ । एमालेले स्थानीय तहको निर्वाचन हार्नुको कारण अन्तर्घात भने पनि हारको प्रमुख कारण पाँचदलीय गठबन्धन नै हो ।

एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) निर्माण गरेका छन् । एकीकृत समाजवादी पार्टीमा एमालेबाट विद्रोह गरेर आउने नेता, कार्यकर्ताको संख्या ठूलो छ । त्यो क्रम बढ्दो छ । यदि एमाले सच्चिएन भने आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले ‘पत्तासाफ’ हुने के बेर ?

 

एकातिर एमालेमा पहिरो गइराख्ने र एकीकृत समाजवादी पार्टी बलियो हुँदै जाने हो भने आगामी संघ र प्रदेशको निर्वाचनमा एमालेले धेरै सिट गुमाउनुपर्ने हुन्छ । त्यसैले एमालेका नेता, कार्यकर्ताहरुले अहिले ‘वाम गठबन्धन’ पार्टी एकताको कुरा उठाइरहेका छन् ।

यदि, वाम एकताको आवश्यकता एमालेले देखेकै हो भने २०७५ जेठ ३ गते माओवादीसँग गरेको एकता किन र कसका कारण टुंगोमा पुग्न सकेन भन्नेतिर पनि फर्केर हेर्नुपर्ने हुन्छ ।

त्यसो त २०७४ सालको संघ र प्रदेशको निर्वाचनमा एमाले–माओवादी गठबन्धन बनेकै थियो । त्यही गठबन्धनलाई विश्वास गरेर जनताले दुईतिहाइकै हाराहारीमा मत पनि दिएका थिए । जनताको पक्षमा काम गरेर देखाउने अवसर एमालेले पाएको थियो ।

तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको एक्लो हठका कारण सरकार ढल्यो । माओवादीसँगको एकता टुट्यो । हुँदाहुँदा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपाल, झलनाथ खनालहरु बाहिरिए ।

यस्तो अवस्था किन सिर्जना भयो र त्यसको दोषी को हो भन्ने कुराको विश्लेषण नगरी वाम एकता अथवा पार्टी एकताको कुरा गर्नु अर्थहीन हुन्छ । अहिले बहसमा आएको ‘वाम एकता’ कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने भन्दा पनि आगामी निर्वाचनमा एमालेले आफ्नो जितलाई कसरी सुनिश्चित गर्ने भन्ने कोणबाट आएको हो ।

यस्तो अवसरवादी कुराको पछाडि लागेर गरिने एकताले फेरि पनि दुर्घटना निम्त्याउँछ । पार्टी एकता सिद्धान्त, विचार, विधि र पद्धतिसम्म ढंगले हुनुपर्ने कुरामा विवाद छैन । तर, एकता गर्नुपर्छ भन्नेको नियत ठिक भएन भने त्यसले राम्रो प्रतिफल दिँदैन ।

यदि, वाम एकताको आवश्यकता एमालेले देखेकै हो भने २०७५ जेठ ३ गते माओवादीसँग गरेको एकता किन र कसका कारण टुंगोमा पुग्न सकेन भन्नेतिर पनि फर्केर हेर्नुपर्ने हुन्छ ।

२०७४ सालको निर्वाचनमा माओवादीसँग गरेको एकताकै बलमा बहुमत आएको हो । अहिले पनि सबै कम्युनिष्ट पार्टीहरु मिल्ने हो भने बहुमत आउँछ । तर, विचारणीय कुरा के हो भने २०७४ सालमा आएको बहुमत दुई कम्युनिष्ट पार्टी मिलेर बनेको सरकारलाई किन टिकाउन सकिएन र कसको इशारामा संसद् भंग गरियो भन्ने नै हो ।

यो कोणबाट हेर्दा एमाले अध्यक्ष ओली जिम्मेवार देखिन्छन् । उनले कम्युनिष्ट आन्दोलन छिन्नभिन्न पार्नकै लागि संसद् विघटन गरेका हुन् । यदि, अहिले आएर कम्युनिष्ट आन्दोलनको चिन्ता उनले देखेका हुन् भने त्यो पनि नाटकीय कुरा हो ।

ओलीको कुरामा विश्वास गर्ने आधार नै छैन । माओवादीसँग गरेको लिखित सम्झौता नमान्ने ओलीलाई कसरी पत्याउने ? भन्ने प्रश्न उठेको छ । ओलीले अध्यक्षबाट राजीनामा नदिएसम्म वाम एकताको कुरा ‘माछो माछो भ्यागुता’ जस्तै हो ।दृष्टी न्यूज


प्रकाशित : २०७९ जेष्ठ २५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •