लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

जहाज डाइभर्ट भारततिरै, किन ?

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुईवटा भारतीय जहाज अवतरण गर्न नसकेपछि भारतको लखनउमा डाइभर्ट भए। कारण थियो, काठमाडौंको भारी वर्षा र बाक्लो कुइरो।

दिल्लीबाट आएका इन्डिगो र भिस्टारा जहाज क्रमश : दिउँसो ३ :४५ र ४ :०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्नेमा लखनउ डाइभर्ट भएका थिए। साँझ ६ :४७ मा भिस्टारा र इन्डिगो साँझ ७ :०८ बजे काठमाडौं अवतरण गरेको विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

‘काठमाडौंबाट करिब २५ किमि दक्षिणबाट नै उक्त दुई जहाज एयरपोर्ट एरिया छिर्न सकेनन्। भारी वर्षाका कारण भिजिविलिटी कम भएको थियो,’ सिटौलाले भने। कारणवश काठमाडौं अवतरण हुन नसकेका जहाज भारतको लखनउ, पटनाजस्ता नजिकका विमानस्थलमा डाइभर्ट हुनु नौलो नभएको सिटौला बताउँछन्।

यसअघि विमानहरू भारत नै डाइभर्ट भए होलान्, तर, भैरहवामा हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै भारत नै फर्किनु पर्ने बाध्यता कस्तो हो त ? त्रिभुवन विमानस्थलमा आउने जुनसुकै जहाज भैरहवा जान सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरव आयोजना प्रमुख बाबुराम पौडेल बताउँछन्। त्रिभुवन विमानस्थलको भन्दा आधुनिक पूर्वाधार भएको भैरहवा अवतरणका लागि उपयुक्त रहेको उनले बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउनुअघि सुरक्षा स्थिति अनुगमन गर्न भारतीय एयरफोर्सको जहाज भैरहवामा उडान÷अवतरण गरेको थियो। यस सन्दर्भमा अरू जहाज आउन नसक्ने र भैरहवा विमानस्थलले सेवा दिन नसक्ने भन्न नमिल्ने पौडेलले बताए।

अहिले गौतमबुद्ध विमानस्थलमा जजिरा एयरले हप्ताको तीन वटा उडान भर्न थालेको छ। काठमाडौंमा नियमित उडान गर्दै आएका भारतीय वायुसेवा कम्पनीले भैरहवामा नियमित उडान सुरु गरिसकेका छैनन्। यसले गर्दा भैरहवामा उनीहरूको कार्यालय छैन। त्यो नहुने बित्तिकै जहाज डाइभर्ट गरेर यात्रुलाई कहाँ राख्ने, के खान दिने कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री बताउँछन्। भैरहवा विमानस्थल कुनै पनि जहाज अवतरणका लागि पूर्वाधार योग्य भए पनि सम्बन्धित जहाजले नियमित उडान सुरु नगरिकन आपत्कालीन अवतरण पनि गर्न नसक्ने तर्क उनको छ।  प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पनि भैरहवा विमानस्थलमा संरचनागत समस्याभन्दा पनि सम्बन्धित विमानको पाइलट इन् कमान्डले गर्ने निर्णयमा भर पर्ने बताउँछन्।

हवाई सुरक्षाको मापदण्डमा नै मुख्य पाइलटले गर्ने निर्णय अन्तिम हुने भनेर उल्लेख रहेको उनले जानकारी दिए। ‘एयर ट्राफिक कन्ट्रोलरले भैरहवा विकल्प हो भन्न सक्छन् तर सम्बन्धित पाइलटले जे भन्छ त्यही हुन्छ। भैरहवा नै जानुपर्छ भन्न सकिँदैन,’ गौतमले भने।

जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व नै प्राधिकरणले अन्य विमान कम्पनीलाई पनि सो विमानस्थलमा उडानका लागि भनिसकेको छ। काठमाडौं विमानस्थलमा बढ्दो अन्तर्राष्ट्रिय एयर ट्राफिकलाई कम गर्न वैकल्पिक विमानस्थलको रूपमा भैरहवालाई सञ्चालन गरिएको हो। एयर ट्राफिकका कारण २०औं पटक पनि विमान आकाशमा होल्ड हुने, चक्कर लगाउने गर्दै आएका छन्।


प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •