लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

झारफुकको भरमा बिरामी, मुगुमा औषधि पुग्दैन

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका-२ को मुगु स्वास्थ्य चौकीमा औषधि समयमै नपुग्दा त्यहाका स्थानीयलाई सास्ती हुने गरेको छ । स्वास्थ्य संस्थामा औषधि नहुँदा कार्यरत स्वास्थ्यकर्मी नियमित स्वास्थ्य संस्थामा नबस्दा त्यहाँका स्थानीय परम्परागत धार्मिक आस्था झारफुवको भरमा बिरामीलाई उपचार गर्न बाध्य हुने गरेका छन् ।

 

मुगु स्वास्थ्य चौकीमा स्थानीय सरकारबाट सिनियर अहेब र अनमी गरी दुई जनाको दरबन्दी भए पनि स्वास्थ्कर्मी नियमित स्वास्थ्य सस्थामा नबस्दा गाउँमा कोही बिरामी पर्दा सिटामोलसमेत पाउँदैनन् भने बिरामी झारपुक र झाँक्रीको भरमा बस्ने गरेका हुन् ।

 

४०० घर परिवार रहेको मुगु गाउँमा लामा, तामाङ र दलित समुदायका मानिसहरु बस्दै आएका छन् । स्वास्थ्य चौकीमा नियमित रुपमा स्वास्थ्यकर्मी नबस्दा स्वास्थ्य संस्थामा रहेका लाखौँ मूल्यका भवनहरुमा माकुराको जालो लाग्न थालेको छ ।

यहाँका स्थानीयलाई बिरामी पर्दा सदरमुकाम गमगढीमा रहेको जिल्ला अस्पताल मुगु र जुम्ला, जानुपरेको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाउने प्रयासमा रहेको मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश चन्द्र रावलले बताए ।


प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप