लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

मन्त्री झाँक्रीले बञ्चरेडाँडा र सिसडोलबासीसँग माफी मागिन्

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धादिङको बञ्चरेडाँडा र नुवाकोटको सिसडोलवासीसँग माफी मागेकी छिन्।

शहरी विकास मन्त्रालयमा शुक्रबार आयोजित सर्वपक्षीय बैठकमा आफ्ना वचनले चोट पुगेको भए क्षमा गर्न अनुरोध गरेकी छन्।

‘हिजोका कुराहरुलाई माफीमिनाह पाऊँ, मेरो वचनले स्थानीय तहमा साथीहरुलाई असजिलो पर्यो’, उनले बैठकमा भनिन्, ‘जनताको तहमा चोट पर्यो भने पनि माफी चाहन्छु।’

शुक्रबारदेखि अघिका दिनमा सिसडोल र बञ्चरेडाँडाका समस्यालाई उठाएर अघि बढ्ने उनले प्रतिवद्धता पनि उनले जनाएकी छन्।

‘मैले केही कथाका कारणले आएका रियाक्टमा पनि क्षमाप्राथी छु। हाम्रो स्टेरिङ कमिटी बनेर कार्ययोजना बनाएर कार्यान्वयन गर्छौं,’ उनले भनिन्, ‘मन्त्री र सचिवहरु आउने कुरा भइरहन्छन्। जनप्रतिनिधिले कसरी कुन तहको मेकानिजम बनाउने भन्ने कुरा पनि आयो। हामी मिलेर अघि बढ्नुपर्छ।’

सिसडोल र बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले अहिले फोहोरको समस्या मन्त्री झाँक्रीकै कारण आएको बताएका थिए।

झाँक्रीले सहमतिको वातावरण बनाउन नसक्दा समस्या बढेको आरोप स्थानीयले लगाइरहँदा माफी मागेकी हुन्।


प्रकाशित : २०७९ जेष्ठ २७, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप