लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अब बञ्चरेडाँडाको विकल्प खोज्नुपर्छ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फोहोर व्यवस्थापन गर्ने कुरामा बञ्चरेडाँडाको विकल्प खोज्नुपर्ने बताएका छन् ।
शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायबीचको छलफलमा प्रवक्ता महतले सधैं राज्यले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्छु भन्ने मानसिकताबाट मुक्त भई त्यसको विकल्प खोज्नुपर्ने बताएका हुन् । उनले सधैं बञ्चरेडाँडा, ओखरपौवा र सिसडोल नै फोहोर व्यवस्थापनका लागि पर्याप्त भई नरहने भन्दै त्यसको विकल्पको रूपमा आधुनिक प्रविधियुक्त मेसिनको आवश्यक रहेको बताए । प्रवक्ता महतले बञ्चरेडाँडाका बासिन्दालाई दुर्गन्धबाट टाढा राख्न र रोगव्याधीको समस्या, दुर्घटनाबाट टाढा राखी रोजगारी व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । उनले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुनुपर्ने भन्दै दुर्गन्धबाट टाढा बस्न पाउनुपर्ने बञ्चरेडाँडावासीको माग जायज भएको बताए ।
प्रवक्ता महतले अहिलेको काठमाडौंको बेहाललाई ध्यानमा राखेर स्थानीयवासीसँग सहजता प्रदान गर्न पनि आग्रह गरे । उनले स्थानीयको माग, फोहोरको दुर्गन्ध न्यून गर्ने तात्कालिक उपाय, तत्काल लागू गर्नपर्ने भन्दै वातावरणीय प्रतिवेदनका आधारमा प्रभावित क्षेत्रलाई वर्गीकरण गरेर क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।

फोहोर व्यवस्थापन गर्न मेसिन खरिद गरौं
नेकपा एमालेका नेता रामवीर मानन्धरले मेसिन खरिद नगरीकन काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नदिने बताएका छन् ।
शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायबीचको छलफलमा उनले फोहोर व्यवस्थापन गर्ने मेसिन खरिद नगरी बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नदिने बताए । उनले सरकारले मेसिन खरिद गर्ने निर्णय गरेपछि मात्रै फोहोर विसर्जन गर्न दिने र फोहोर विसर्जन गर्न मेसिन खरिदबाहेक अर्को विकल्प नरहेको बताए । नेता मानन्धरले मेसिन ल्याउने कुराको एकल निर्णय गरेर मात्रै फोहोर विसर्जन गर्न सरकारसँग अनुरोध गरे ।

ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना ठाउँ खोजौं
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छन् ।
सहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीसँग भएको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले ठूला ल्याण्डफिल्ड साइट बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रूपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी हुन् । उनले काठमाडौं उपत्यकाको फोहोर उठाउन सम्बन्धित निकायलाई अनुरोध गरिन् । शुक्रबार बिहान सिसडोलवासीसँग सहरी विकासमन्त्री, प्रधानमन्त्री कार्यालयका सचिवलगायत अन्य मन्त्रालयका सचिव, काठमाडौं, ललितपुर महानगरका मेयर ककनी गाउँपालिकाका अध्यक्ष, धुनिबेसी नगरपालिकाका प्रमुख र सम्बन्धित जिल्लाका जनप्रतिनिधिसहितको वार्ता टोलीले फोहोर उठाउने सहमति गरेको थियो ।
छलफलमा बोल्दै मन्त्री झाँक्रीले तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण यो समस्या सिर्जना भएको बताइन् । उनले सबै पक्षसँग बसेर छलफल गरिएकोले अब फोहोर नउठ्ने कुरा नरहेको तर सरकारले बञ्चरेडाँडा र सिसडोलवासीको माग पूरा गरेर मात्रै अघि बढ्ने विश्वास दिलाइन । मन्त्री झाँक्रीले यसअघि धेरै सम्झौता र कागज गरिसकेको उल्लेख गर्दै अब कागजभन्दापनि काममा विश्वास गर्न आग्रह गरिन् । उनले सिसडोलमा गरेको गल्ती बञ्चरेडाँडामा नदोहो-याउने भन्दै फागुन २६ को कार्यदिशाअनुसार नै फोहोर व्यवस्थापन गर्ने बताइन् ।
काठमाडौंको फोहोर व्यवस्थापनका लागि स्थानीयवासीसँग सरकारले शुक्रबार राति १८ बुँदे सहमति गरेको थियो । स्थानीयवासीले विभिन्न माग राख्दै बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिँदा केही हप्ता यता काठमाडौंको फोहोर सडकमै फालिएको थियो ।


प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप