लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अब चुरोटको हरेक खिल्लीमा ‘हरेक सर्कोमा विष’ लेखिने

काठमाडौं । क्यानडा हरेक चुरोटको खिल्लीमा चेतावनी छाप्ने विश्वको पहिलो देश बन्ने तयारीमा छ। यो चेतावनीले चुरोट पिउनु स्वास्थ्यका लागि कत्तिको हानिकारक छ भन्ने कुरा बताउनेछ।

क्यानडामा नै सुर्तिजन्य उत्पादनको प्याकेजिङमा चेतावनीस्वरूप ग्राफिक तस्विर राख्ने नीति दुई दशकअघि लागू गरिएको थियो। दुई दशकअघि क्यानडाबाट सुरु भएको यो नीति विश्वभर नै अपनाइँदै आएको छ ।

क्यानडाका मानसिक स्वास्थ्य मन्त्री क्यारोलिन बेनेटले शुक्रबार भने कि हामीले यी सन्देशहरूले प्रभाव गुमाएको भन्ने चिन्तालाई सम्बोधन गर्नुपर्नेछ। प्रत्येक सुर्तीजन्य उत्पादनमा स्वास्थ्य चेतावनी लेख्दा यो सन्देश सबैमा पुग्ने सुनिश्चित हुनेछ, जसमा युवाहरू लगायत एक पटकमा एउटा चुरोट पिउने तर प्याकेटमा चेतावनी नदेखेकाहरू पनि छन्।

यो परिवर्तन कार्यान्वयनका लागि शनिबारदेखि छलफल सुरु हुनेछ । सरकारले यो परिवर्तन २०२३ को दोस्रो अर्धवार्षिकदेखि लागू हुने अपेक्षा गरेको छ। चुरोटमा के सन्देश लेख्ने हो, अहिले विचार भइरहेको छ तर क्यानडा सरकारले दिएको प्रस्तावमा ‘हरेक सर्कोमा विष’ लेखिने भनिएको छ ।

बेनेटले चुरोट प्याकेजहरूको लागि लामो चेतावनीहरू पनि प्रकट गरे जसमा कोलोन क्यान्सर, कोलोरेक्टल क्यान्सर, मधुमेह सहित धूम्रपानको स्वास्थ्य प्रभावहरूको लामो सूची समावेश छ।

क्यानडाले यहाँ बिक्री हुने सुर्तीजन्य पदार्थमा फोटो वार्निङ लगाउन अनिवार्य गरेको छ । यो आदेश सन् २००० देखि लागू छ। तर लामो समयदेखि अपडेट हुन सकेको छैन ।

क्यानेडियन क्यान्सर सोसाइटीका रोब कनिङ्घमले भने – “यो पहल विश्वव्यापी रूपमा एक उदाहरण स्थापित गर्न गइरहेको छ,” । कनिङ्घमले भने, ‘अन्य कुनै पनि देशले यस्तो नियमहरू लागू गरेको छैन।’

उनी आशा गर्दछन् कि चेतावनीले वास्तविक परिवर्तन गर्नेछ। उनले भने कि यो एक चेतावनी हो जुन बेवास्ता गर्न गाह्रो हुनेछ। यो हरेक सर्कोसंग हरेक धुम्रपान गर्नेमा जान्छ।


प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप