लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

कुबेतलाई गोबर बेच्दै भारत

एजेन्सी, २९ जेठ । गाईको गोबरको महत्व कति छ भन्ने परम्परा देखि सुन्दै आइएको छ । गोबरको गुइँठा बनाएर इन्धनका लागि प्रयोग हुने देखि बालीमा मलका लागि पनि प्रयोग हुन्छ । हिन्दूहरुले गाईको गोबरलाई पवित्र मानेर पूजा तथा नित्यकर्ममा पनि प्रयोग गर्छन् । वैज्ञानिकहरुले अध्ययनबाट गाईको गोबरको बाली सपार्न ठूलो भूमिका हुने पत्ता लगाइसकेका छन् ।

कुबेतका वैज्ञानिकहरुले गाईको गोबरबाट खजुरको बाली सपार्न निकै उपयोगी हुने रिसर्चबाट निष्कर्ष निकालेका छन् । उनीहरुले यसकारण ठूलो परिमाणमा गोबरको माग गरेका छन् । कुबेतले भारतबाट पनि गाईको गोबर माग गरेको छ । गोबरको पाउडर खजुरको विरुवामा प्रयोग गरिने उल्लेख छ । कुबेतको कम्पनी लैमोरले गाईको गोबरको माग गरेको हो ।

१ असार अर्थात् १५ जूनमा भारतले १९२ मेट्रिक टन गाईको गोबर कुबेत पठाउने भएको छ । गोबर त्यहाँको भन्सार विभागको निगरानीमा श्री पिंजरापोल गौशालास्थित सनराईज अर्गानिक पार्कको कन्टेनरबाट गोबर प्याकिंग गरिने दैनिक भाष्करले लेखेको छ ।

भारतमा ३० लाख टन गोबर दैनिक उत्पादन हुने गरेको तथ्यांक छ । जसमध्ये ३० प्रतिशतको जलाइने गरिन्छ । बेलायतमा गोबरबाट १६ लाख यूनिट बिजुली उत्पादन गरिन्छ । चीनमा गोबरग्याँसबाट डेढ करोड परिवारका लागि घरेलु ऊर्जा आपूर्ति गरिन्छ ।


प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •