लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सोनिया गान्धीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

नयाँ दिल्ली- भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पताल भर्ना भएकी छन्। केही दिनयता कोरोना संक्रमणबाट ग्रस्त सोनियाको स्वास्थ्य अवस्था जटिल बनेपछि आइतबार अस्पताल भर्ना गरिएको भारतीय सञ्‍चारमाध्यम एनडीटीभीले जनाएको छ।

सोनियालाई जुन १ मा कोरोना संक्रमण पुष्टि भएको थियो। १२ दिनसम्म पनि उनलाई नेगेटिभ देखाएको छैन भने आइतबार उनलाई थप जटिलता थपिएको हो। उनको स्वास्थ्यमा समस्या बढेपछि उनलाई दिल्लीस्थित गंगाराम अस्पतालमा सोनियालाई भर्ना गरिएको हो। उनलाई कोरोना संक्रमण देखिएपछि उनकी छोरी प्रियंका गान्धी पनि कोरोना संक्रमित भएकी छन्।

भारतीय कांग्रेसका महासचिव रन्दिप सिंह सुर्जेवालाले अहिले उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको र अहिले उनलाई चिकित्सकको निगरानीमा राखिएको जानकारी दिएका छन्। उनले सम्पूर्ण शुभचिन्तकहरुलाई पनि धन्यवाद व्यक्त गरेका छन्।

 

दिल्लीमा कोरोना संक्रमणको दर बढ्नुका साथै दैनिक रुपमा नयाँ संक्रमित पनि थपिँदै छन्। दिल्लीमा संक्रमण दरले ४ प्रतिशत पार गरेको बताइएको छ।


प्रकाशित : २०७९ जेष्ठ २९, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप