लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अनौठो कानुन : जहाँ ननुहाइकन सुत्न पाइँदैन

संसारमा हरेक देशले आ-आफ्ना नीति नियम तथा कानून बनाएर लागू गरेका हुन्छन् । कानुनहरू समाजमा शान्ति र व्यवस्था कायम गर्न तथा मानिसहरूको जीउ, धन, स्वतन्त्रताको रक्षाका साथै सुविधाका लागि हुन्छन् । कानुनको उल्लंघन गर्नु दण्डनीय हुन्छ र उल्लंघनकर्ताले सजाय भोग्नुपर्दछ ।

तपाईंले विभिन्न देशका अनौठा कानुनहरूको बारेमा सुन्नुभएकै छ होला । कतिपय कानुन त यस्ता पनि हुन्छन् जसका बारेमा सुन्दैमा हाँसो उठ्छ । कुनै देशमा अण्डरवेयरले गाडी पुछ्न पाइँदैन त कहीँ रातमा ननुहाइकन ओछ्यानमा सुत्न पाइँदैन ।

यद्यपि यस्ता धेरै कानुनहरूको पालना खासै हुँदैन र ती मृतप्रायः भैसकेका छन् । तथापि ती कानुनहरू यद्यपि खारेज गरिएको छैन । अमेरिकाको सनफ्रान्सिस्को यस्तो ठाउँ हो जहाँ कानुनतः अण्डरवेयरले गाडी पुछ्न तथा सफा गर्न पाइँदैन । यदि यस्तो गरेको पाइएमा जरिमाना गरिन्छ ।

अमेरिकाको म्यासाचुसेट्समा पनि यस्तै अनौठो कानुन छ । त्यहाँ रातमा ओछ्यानमा सुत्न जानु अगाडि अनिवार्य रुपमा नुहाउनु पर्दछ । ननुहाइकन सुत्न जानुलाई गैरकानुनी मानिन्छ ।

स्विट्जरल्याण्डमा पनि एउटा अनौठो कानुन छ । त्यहाँ रातको १० बजेपछि बाथरुमको फ्लस गर्न पाइँदैन । कसैले १० बजेपछि फ्लस गरेर आवाज निकालेमा जरिवाना हुने प्रावधान छ ।

ब्रुनाइमा भने निकै कठोर र क्रुर कानुन छ । त्यहाँ समलिंगी यौन सम्बन्ध कायम गर्ने मानिसलाई पत्थर हिर्काएर मृत्युदण्ड दिइन्छ ।


प्रकाशित : २०७९ जेष्ठ ३०, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप