लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अछामका शाह मृत्यु प्रकरण : कैलाली प्रहरीले दर्ता गर्‍यो किटानी जाहेरी

धनगढी । भारतबाट फर्किने क्रममा कैलालीमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका–१ का ३२ वर्षीय धनबहादुर शाहको हत्या गरिएको भन्दै किटानी जाहेरी दर्ता गरिएको छ । प्रहरीले किटानी जाहेरी दर्ता गरेपछि परिवारले शव बुझेर कैलालीको मोहना नदीमा सोमबार अन्त्येष्टि गरेको छ ।

शव परीक्षणपछि मात्र किटानी जाहेरी लिने बताइरहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौतर्फी दबाबपछि जोहरी दर्ता गरेको पीडित पक्षले जनाएको छ ।

मृतकका भाइ नाता पर्ने बमबहादुर शाहले उनीसँगै भारतबाट फर्किएका चौरपाटी गाउँपालिका–१ का ५४ वर्षीय खडक शाह, वडा नम्बर २ बस्ने ४५ वर्षीय कृष्णबहादुर शाह र सोही गाउँपालिका–३ बस्ने ३८ वर्षीय पदमबहादुर साउदविरुद्ध किटानी जाहेरी दिइएको बताए ।

उनकाअनुसार मृतककी श्रीमती धनादेवी शाहले श्रीमानको हत्या भएको आशंकासहितको किटानी जाहेरी दिंदै निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कानुन अनुसारको कारवाही र क्षतिपूर्तिको माग गरेकी छन् ।

गत २६ जेठमा भारतको मुम्बईबाट किटानी जाहेरीमा उल्लेख गरिएका व्यक्तिहरुसँगै फर्किएका शाह धनगढी बसपार्कस्थित एक होटलमा बसेका थिए । सोही दिन धनबहादुर बिरामी भएपछि माया मेट्रो अस्पतालबाट औषधी किनेर खुवाएका थिए तर स्वस्थ नभएपछि २७ गते पुनः सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

ठीक भएपछि अछामतिर लागेका उनीहरुले पछि फेरि धनबहादुर बेहोस भएको भन्दै सोही दिन खानीडाँडाबाट फर्किएर माया मेट्रो अस्पतालमा लगेका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

घटनाबारे मृतकका परिवारलाई ढिलो खबर गर्नुले हत्याको आशंका गरिएको छ । खासगरी भारतको मुम्बईबाट उनीहरुले ठूलो मात्रामा नगद र गरगहना चोरी गरेर ल्याएको हुन सक्ने भन्दै लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।


प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप