काठमाडाैं ।
काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जजिरा एयरको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पुगेर फर्किएको छ । कुवेतबाट आएको जहाज बिहान काठमाडौँको मौसम खराब भएपछि जहाज भैरहवा पठाइएको थियो ।
कुवेतबाट आएको जजिरा एयरको जहाज मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पठाइएको थियो ।
जहाज अहिले काठमाडौँ फर्किसकेको छ । भैरहवाबाट बिहान करिब ६:५० बजे जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको हाे ।
प्रकाशित : २०७९ जेष्ठ ३१, मंगलवार : प्रकाशित


समाचार


