लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

राष्ट्रिय साइक्लिङ प्रतियोगितामा आर्मीका टमाटा पहिलो

पोखरा, ४ असार

पोखरामा आयोजित राष्ट्रिय साइक्लिङ प्रतियोगिताको उपाधि आर्मीका हिमाल टमाटाले जितेका छन् । पुरुषतर्फ एपिएफका लक्ष्मण मल्ल दोस्रो र कास्कीका हिक्मत विक तेस्रो भएका छन् ।

यस्तै, महिलातर्फ आर्मीकी उषा खनाल पहिलो, लक्ष्मी मगर दोस्रो र इन्द्रकुमारी तामाङ तेस्रो भएकी छिन् । पुरुषतर्फ ७६ र महिलातर्फ पाँच जना सहभागी थिए । महिला र पुरुषको छुट्टाछुट्टै स्पर्धा भएको थियो । पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु भएको प्रतियोगिता भलाम, ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिँकीडाँडाबाट फर्किएर कालिखोलामै आइपुगेको थियो ।

दुवै प्रतिश्पर्धामा पहिलोले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पुरस्कार पाएका छन् । पहिलो वर्ष परीक्षणका लागि कार्यक्रम गरिएकोमा आगामी वर्षदेखि पुरुस्कार राशि आकर्षक रुपमा बढाउने र विदेशबाट समेत खेलाडी बोलाउने आयोजकले जनाएको छ । पोखरा महानगरपालिकाले नगर क्षेत्रमा साइकल लेन समेत निर्माण गरिरहेको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो । ४५ किलोमिटर दुरीको प्रतियोगितामा तीन जना विदेशीले पनि सहभागिता जनाएका थिए । पोखरालाई साइकल सिटीको रुपमा विकास गर्ने र नवौँ राष्ट्रिय खेलकुदका लागि टेवा पुग्ने उद्देश्यले कार्यक्रम गरिएको अध्यक्ष दीपक गोदारले बताए ।


प्रकाशित : २०७९ असार ४, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप