लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

विद्यालयको हिसाबकिताब खोज्ने शिक्षिकामाथि प्रधानअध्यापकबाट हातपात

खोटाङ, ४ असार

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका गोमा कार्कीमाथि प्रधानअध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् । विद्यालयको आर्थिक गतिविधि पारदर्शीताको विषयमा विवाद हुँदा प्रअ पौडेलले शिक्षिका कार्कीमाथि शुक्रबार विद्यालय व्यावस्थापन समितिको बैठकमा हातपात गरेकी हुन् ।

पौडेलले शिक्षिका कार्कीको पानीपेटमा लात्तीले हान्दा गम्भीर चोट लागेको शिक्षिका कार्कीले बताइन् । निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या देखिएपछि कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार नोबेल अस्पताल विराटनगर रेफर गरेको छ । कार्कीलाई आफन्तले शुक्रबार रातिनै जिल्ला अस्पताल पुर्‍याएका थिए । घाइते शिक्षिकाका आफन्तले शनिबारनै जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी पनि दिएका छन् ।

पाठ्यपुस्तकको १० हजार आठ सय ८५, सीपको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मतको नौ हजार, छात्रवृत्तिको चार हजार आठ सय, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवा खाजाको ३४ हजार पाँच सय ९६ सहित एक लाख ३२ हजार नौ सय ३१ को आयव्यायका बारेमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीको भनाइ छ । कार्की पनि सोही विद्यालयकी पुर्वप्रअ हुन् । यसअघि अप्रेशन गरेको ठाउँमा चोट लाग्दा स्वास्थ्य समस्या निम्तिएको अनुमान छ ।

विव्यास अध्यक्ष सकुन्तला खत्री घटनाका बेला केही पर भएकाले लात्तीले हानेको नदेखेको बताइन् । ‘यो भन्दाअघिको बैठकमा पनि उहाँहरूबीचमा आर्थिक हिसाबको विषयमा विवाद भएको रहेछ,’ खत्रीले भनिन्, ‘शुक्रबारको बैठकमा पनि त्यही विषय निस्केर विवाद भएको हो । ठेलाठेल भएको देखेँ । पछि पेट दुख्यो भन्दै उहाँ (गोमा कार्की रुँदै हुनुहुन्थ्यो ।’


प्रकाशित : २०७९ असार ४, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •