लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

आउँदो वर्षबाट दुतावासबाटै मतदाता नामावली संकलन हुने

काठमाडौं, ५ असार
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन् ।

काठमाडौँ आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् ।

उनले भने, ‘बोल्न त धेरै सजिलो छ कार्यान्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु। कानुनले दिएको अधिकारभित्र रहेर काम गर्न निर्वाचन आयोग सधैँ तप्पर छ । जहिले पनि जहाँ गएर पनि नागरिकलाई मतदान गराएर मतगणनाको नतिजा प्रकाशन गर्न निर्वाचन आयोग सधैँ तयार छ ।’

साथै उनले कानुनमा आयोगले समावेश गरेर पठाउन सम्भव नभएको र कहाँ कसलाई कसरी मतदान गर्न दिइने भन्ने कुरा पनि अत्यन्तै महत्वपूर्ण रहेको बताए । थपलिया भन्छन्, समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई विदेशमै बसेर मतदान गर्ने अधिकारबाट यो अधिकार प्रारम्भ गरिने उपयुक्त हुन्छ। त्यसकै तयारीमा आयोग लागेको छ ।’

अहिले काठमाडौँमा बस्ने मतदाताको नामावलीको दर्ता सुरुवात भएको छ। यो प्रक्रिया फेरि यस्तो छ जुनदिन मतदान अर्को निर्वाचनको घोषणा हुन्छ घोषणा भएको एक मिनेटमा रोक्नुपर्छ । अब हामी यो चाहिँ घोषणा गर्ने तयारीमा छौँ मलाइ लाग्छ मैले नेपाल सरकारसँग माग रोखेको छु। हामी निर्वाचन तयारीका लागि अलिकति समय दिन सक्छौँ । आठदस दिन दस पन्ध्र दिन निर्वाचनको घोषणा नगरियोस किनभने केही मतदाताहरु लाइनम लागेर हामी मतदाता नामावली दर्ता गर्ने काम सम्म गछौँ । यो मतदानमा सरिक गराउँछौ भनेर हामीले भनिराखेका छौँ,’ उनले भने।

‘साथै आउँदो आर्थिक वर्षबाट केही दुतावासहरुमा अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्न सकिने अनलाइन रजिस्टेसन सिस्टम प्रारम्भ गरेर मतदातानामावलीमा नाम दर्ता गराउने काम आयोगले गर्दै छ । तयारी दुतावासबाट प्रारम्भ हुन्छ,’ उनले भने


प्रकाशित : २०७९ असार ५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप