लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जुलियन असान्जलाई सुपुर्दगीको तयारी

एजेन्सी
लन्डन, ५ असार
विकिलिक्सका संस्थापक जुलियन असान्जको अमेरिका सुपुर्दगीलाई बेलायती गृहमन्त्री प्रिती पटेलले अनुमोदन गरेकी छन् । निर्णयविरुद्ध अपिल गर्न असान्जालाई १४ दिनको समय तोकिएको छ ।

सन् २०१० र २०११ मा चुहावट भएका कागजातलाई लिएर असान्जलाई अमेरिकी अधिकारीहरूले खोजिरहेका छन् । असान्जले कानून तोडेको र जीवनलाई खतरामा पारेको अमेरिकाले आरोप लगाएको छ ।

विकिलिक्सले चुहावट गरेका अधिकांश कागजात इराक र अफगानिस्तानको युद्धसँग सम्बन्धित छ । सुपुर्दगी हुन नदिन लामो कानुनी लडाइँ लडेपछि असान्जलाई लण्डनको बेलमार्श जेलमा राखिएको छ ।

संदिग्ध व्यक्तिलाई मुद्दाको सामना गर्न सुपुर्दगीले एक देशले अर्को देशलाई सुम्पन अनुरोधका लागि अनुमति दिन्छ ।  गृहमन्त्रीको आदेशलाई प्रतिक्रिया दिँदै विकिलिक्सले उनको निर्णय विरुद्ध अपिल गर्ने भएको छ ।

असान्जकी श्रीमती स्टेलाले उनका पतिले ‘केही गल्ती नगरेको’ र ‘उनले कुनै अपराध नगरेको’ बताइन् । ‘उहाँ एक पत्रकार र प्रकाशक हो । उहाँलाई आफ्नो कामको लागि सजाय दिइँदै छ’ उनले भनिन् ।

मिडिया कम्पनी विकिलिक्स एक प्लेटफर्म हो जसले अज्ञात स्रोतले प्रदान गरेका वर्गीकृत सामग्री प्रकाशित गर्दछ ।

जमानत उल्लंघनका लागि सन् २०१९ को मे महिनामा बेलायतमा जेल सजाय भोग्दै गर्दा अमेरिकी न्याय मन्त्रालयले असान्जविरुद्ध जासुसी ऐन उल्लंघन गरेको १७ आरोपहरू लगाएको थियो ।

असान्जको कानुनी समूहले इराक र अफगानिस्तान युद्धसँग सम्बन्धित विकिलिक्सद्वारा प्रकाशित गोप्य कागजातहरूले अमेरिकी गलत कार्यलाई उजागर गरेको र सार्वजनिक हितमा रहेको दाबी गरेको छ ।


प्रकाशित : २०७९ असार ५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप