दक्षिण भारतीय अभिनेत्री अंकिता महरना अर्थात अप्सरा रानी बोल्ड लुकका कारण प्रायः चर्चामा रहन्छिन्। निर्देशक रामगोपाल बर्माकी अभिनेत्रीको सोसल मिडिया अकाउन्ट बोल्ड तस्बिरले भरिएको हुन्छ।

निर्देशक बर्माको नयाँ फिल्म ‘डेन्जरस’ मार्फत अप्सरा दर्शकमाझ देखिएकी छिन्। यो भारतको पहिलो लेस्बियन क्रा इम–थ्रि लर फिल्म भएकाे बताइएकाे छ।

यो फिल्मको ट्रेलर लन्च गरिएको छ। अप्सराले ट्रेलर लन्चपछि इन्स्टाग्राममा फिल्मको पर्दा पछाडिका धेरै फोटो पोस्ट गरेकी छन्। तस्बिरमा उनी निकै खुल्ने गरेकी छन । उनका केहि तस्बिर यहाँ साझा गरेका छाैँ ।







चलेका कलाकारका नचलेका म्युजिक भिडियो !
केही समययता युट्युबमा म्युजिक भिडियोको भ्युज निकै घटेको छ । केही सीमित भिडियोले राम्रो भ्युज पाएपनि अधिकांश भिडियोमा गरिएको लगानी बालुवामा पानीसरह छ ।
चलेका गायक-गायिकाले स्वर दिएका र चलेका अभिनेता-अभिनेत्री एवं मोडलहरुको अभिनय रहेका भिडियोहरुको भ्युज पनि निकै कम देखिन्छ ।
१० दिनअघि सार्वजनिक भएको गीत हो, ‘स्वतन्त्र मन’ । चर्चित गायक उदितनारायण झाको स्वर रहेको यो गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतको अभिनय छ । गायन र अभिनयमा चलेकै कलाकारहरु रहेको गीतको भ्युज भने युट्युबमा कम छ । यतिका दिनसम्म भिडियोले युट्युबमा ६९ हजार मात्र भ्युज पाएको छ ।
आठ दिनअघि ‘भकारी’ शीर्षकको गीत युट्युबमा सार्वजनिक गरिएको छ । लोकप्रिय गायिका मेलिना राई र लेखु सहयात्रीले यो गीतमा स्वर दिएका छन् । भिडियोमा अभिनेता नाजिर हुसेन र म्युजिक भिडियोमा व्यस्तमध्येकी मोडल गरिमा शर्माको अभिनय छ । भिडियोमा निर्माणमा नयाँ प्रयोग समेत गरिएको छ । तर भिडियोको भ्युज हेरौं, जम्मा २७ हजार मात्र छ ।
लोकप्रिय गायक सुगम पोखरेलको स्वर रहेको ‘आज म नै एक्लो भएँ’ बोलको गीतको भिडियो नौ दिनअघि युट्युबमा सार्वजनिक गरियो । चलेका अभिनेता तथा मोडल आकाश श्रेष्ठ र मोडल करुणा श्रेष्ठले यस गीतको भिडियोमा अभिनय गरेका छन् । तर चलेका गायक र मोडलको अभिनय रहेको यस गीतको भिडियोले युट्युबमा १८ हजार मात्र भ्युज पाएको छ ।
समीर आचार्य र पछिल्लो पुस्ताकी लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वरमा १० दिनअघि ‘पेनकिलर’ बोलको गीतको भिडियो सार्वजनिक गरियो । म्युजिक भिडियोमा रोजाइमा पर्ने अभिनेता पुष्प खड्का र मोडल कविता न्यौपानेले यसको भिडियोमा अभिनय गरेका छन् । तर मंगलबारसम्म भिडियोको भ्युज जम्मा ३२ हजार मात्र छ ।
लोकगायक विष्णु खत्रीले चार दिनअघि ‘चोयाको डोको’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक गरेका छन् । गायिका अस्मिता अधिकारी र विवेक श्रेष्ठको स्वर, म्युजिक भिडियोमा खोजिने मोडलद्वय सुधीर श्रेष्ठ र अञ्जली अधिकारीको अभिनय रहेको गीतको भिडियोले पनि राम्रो भ्युज पाउन सकेको छैन । यो गीतको भिडियोको भ्युज ३३ हजार मात्र छ ।
यी चर्चित कलाकारहरुको पछिल्ला केही गीतका उदाहरण हुन् । चलेका अन्य थुप्रै कलाकारका गीत छन्, जुन गीतको भिडियोलाई एक लाख भ्युज पुर्याउन पनि लगानीकर्तालाई फलामकै चिउरा चपाउनु सरह देखिएको छ ।


समाचार


