लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)

चितवन, ७ असार

जिल्लाका विभिन्न स्थानमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरि मंगलबार आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । प्राकृतिक चिकित्सालय वागेश्वरीले आयोजना गरेको योग दिवसको कार्यक्रममा योग प्रशिक्षण दिनुका साथै यसको महत्वबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा पूर्वशिक्षा मन्त्री गिरीराजमणि पोखरेल सहभागी भएका थिए । जीवनलाई सुखमय र उत्पादनशील बनाउन योगले ठूलो योगदान गर्ने पोखरेलले बताए । योग नेपालको पहिचानसँग सम्बन्धित भएकाले योगको स्वामित्व नेपालले लिनुपर्ने उनको भनाइ छ ।

‘योगलाई संगठित रुपमा पठनपाठनसँग जोडेर लगियो भने हाम्रो देशलाई समृद्धिको दिशामा लैजान सकिन्छ’, उनले भने । विद्यालय शिक्षा र प्राविधिक शिक्षामा योगको पाठ्यक्रम सुरु भइसकेको भन्दै उनले योगलाई युवा पुस्ताले अभियानका रुपमा लैजान सक्ने बताए । उनी शिक्षामन्त्री भएका बेला योगलाई पाठ्यक्रममा समावेश गरिएको थियो ।

योग गुरु नानीराम दाहालले योग प्रशिक्षण दिए । विभिन्न देशमा पुगेरसमेत प्रशिक्षण दिएका दाहालले हरेक व्यक्तिले आफ्नो स्वास्थ्यका लागि दैनिक एक घण्टा योग गर्नु उपयुक्त हुने बताउँछन् ।

‘शरीरलाई असर नपर्नेगरी जुन आसनमा योग गर्दा पनि हुन्छ’, उनी भन्छन्, ‘योग गर्दा हरेक अंगको व्यायाम हुन जरुरी छ । सुतेर, उठेर, बसेर जसरी पनि योग गर्न सकिन्छ ।’ बिहानको समयमा योग गर्दा शरीरलाई फाइदा पुग्ने उनी बताउँछन् ।

राति निन्द्रा नलाग्ने व्यक्तिले साँझपख पसिना बग्नेगरी योग गर्दा मन शान्त हुने र निन्द्रा नियमित रुपमा लाग्ने उनले बताए । पछिल्लो समय विश्वका कयौँ देशका नागरिकले योगलाई अवलम्बन गर्न थालेका छन् ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar


प्रकाशित : २०७९ असार ७, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप