लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

रुसी गोलाबारीमा पूर्वी खार्किभमा बालकसहित १५ जनाको मृत्यु

एजेन्सी
किभ, ८ असार

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एक आठ वर्षीय बालक पनि रहेको गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन् ।

उत्तरपूर्वी युक्रेनमा अवस्थित खार्किभ रसियासँग सीमा जोडिएको छ ।  आक्रमणको सुरुमा भागेका बासिन्दामध्ये केही फर्कन थालेका छन् । ‘रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको १६ जना घाइते भएका छन्’ सिनेगुबोभले भने । चार ओटा अलग अलग स्थानमा भएका घटनामा उनीहरुको मृत्यु भएको हो ।

रुसी सेनाले खार्किभ सहरबाट ३० किलोमिटर दक्षिणपूर्वमा रहेको चुगुइभ सहरमा गोली चलाउँदा ६ जनाको मृत्य भएको थियो । हमलामा चार जना घाइते भएका थिए ।
त्यस्तै, खार्किभ सहरमा भएको अर्को हमलामा ५ जनाको मृत्यु र ११ जना घाइते भएका थिए भने जोलोचिभमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।


प्रकाशित : २०७९ असार ८, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप