लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

गोरखामा संरक्षण क्षेत्रभित्र बढ्यो ‘जडीबुटी’ तस्करी

अश्विन दानी

गोरखा, ८ असार

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को म्याद थप नहुँदा जडीबुटीको चोरी तस्करी बढेको छ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा पर्ने संरक्षण क्षेत्रको वनबाट जडीबुटी तस्करी हुने गरेको हो ।

यस संरक्षण क्षेत्रभित्र पाइने सेतो चिनी, यार्सागुम्बा, सतुवा, वनलसुन लगायतका बहुमूल्य जडीबुटीहरूको खुलेआम चोरी तस्करी हुने गरेको स्थानीयहरू बताउँछन् ।

‘अहिले त कतैबाट अनुमति पनि नलिई संरक्षण क्षेत्रबाट धमाधम जडीबुटी चोर्ने काम भइरहेको छ । यहाँका प्रहरी, प्रशासन जनप्रतिनिधि सबै मौन छन् । उनीहरुको मौनताले यहाँ आर्थिक चलखेल भएको सहजै अनुमान गर्न सकिन्छ’, नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘यदी त्यहाँ आर्थिक चलखेल नभएको भए किन तस्करी हुँदा पनि मौन छन् ?’

म्याद सकिनुअघि एमक्यापले नै यस क्षेत्रबाट जडीबुटी उत्खनन तथा ओसारपोसार गर्न अनुमति दिन्थ्यो । तर, एमक्यापको म्याद थप नहुँदा अहिले अनुमतिविनै जडीबुटीको चोरी निकासी भएकाे हो ।

‘अहिले हामीले अनुमति दिएका छैनौँ । हाम्रो आयोजनाको म्याद सकिसकेको छ । तर, म्याद थप भएको छैन । हाम्रो म्याद सकिएपछि हामीसँग अनुमति दिने अधिकार छैन,’ एमक्यापका सूचना अधिकारी अचित तुम्बाहाम्फेले भने । उनका अनुसार १३ असार  २०७७ देखि एमक्यापको म्याद सकिएको छ ।

तर, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग गोरखाका प्रमुख पशुपति अधिकारी भने एमक्यापका पदाधिकारीहरूको कमजोरीका कारण जडीबुटीको चोरी निकासीमा मद्दत पुगेको बताउँछन् । ‘एमक्यापको म्याद त त्यहाँका पदाधिकारीले सकियो भनेर हुन्छ ? सरकारले भनेको छैन । उहाँहरूको म्याद नै सकिएको छैन । एमक्याप भित्रका पदाधिकारीबीचको आन्तरिक समस्याका कारण उहाँहरू बन्द भयो भन्दै बसिराख्नु भएको छ’, अधिकारीले भने, ‘उहाँहरु बन्द भयो भन्ने पैसा उठाउन नछाड्ने, तर काम नगर्ने भएकै कारण चोरीनिकासी भएको हो ।’

संरक्षण क्षेत्रमा जडीबुटीको उत्खनन् तथा ओसारपोसारको जिम्मा एमक्यापलाई नै भएको अधिकारी बताउँछन् ।  ‘एमक्यापले नै त्यहाँको सबै व्यवस्थापन हेर्ने हो । त्यहाँ अनुमति दिनेदेखि सबै काम एमक्यापले नै गर्ने हो । हामीले त त्यहाँ केही उजुरी पर्‍याे, मुद्दा पर्‍याे भने हेर्ने हो’, उनले  भने ।


प्रकाशित : २०७९ असार ८, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप