लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

डिभिजन वन कार्यालय बाराद्वारा १० करोड बेरुजु फर्छ्योट

बारा, ८ असार

डिभिजन वन कार्यालय बाराले १० करोड बेरुजु फर्छ्योट गरेको छ । करिब एक दशक पुरानो १६ करोड बेरुजु मध्ये गत वर्षसम्म १० करोड बेरुजु फर्छ्योट गरेको हो ।

१६ करोड बेरुजु मध्ये ९ करोड सव डिभिजन र ईलाका वन कार्यालयहरुमा रहेका काठहरु समय मैं लिलाम नहुँदा लगतमा रकम चढाइएको तर बिक्री नभएका जोखिमयुक्त काठहरुको मात्रै रहेको थियो भने अन्य वन कर्मचारी र विभिन्न संघ संस्था तथा व्यक्तिको नामको पेस्की बेरुजु रहेको वन कार्यालयले जनाएको छ ।

यसैबीच डिभिजन वन कार्यालय बाराले आयोजना गरेको ‘स्वागत तथा फेरी भेटौला’ कार्यक्रममा बाराका डिभिजन वन अधिकृत मञ्जुर अहमदले ३ वर्ष अघि बाराको वन कार्यालय देशभर कै ७७ जिल्ला मध्ये कै सबै भन्दा धेरै बेरुजु हुने कार्यालय मध्येको पहिलो स्थानमा रहेको बताए ।

२०७५ सालमा बारामा तत्कालिन डिभिजन वन प्रमुख सहिँत दुई दर्जन कर्मचारीहरु विरुद्ध एकै पटक अख्तियारमा उजुरी परेको थियो । जस मध्ये केही कर्मचारी विरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता भईसकेको छ भने केही कर्मचारी माथि अख्तियारले अनुसन्धान जारी राखेकोे छ ।

सुकुम्बासी बाहेक पनि केही जग्गा माफियाहरुले बाराको वन क्षेत्रलाई नियोजित ढंगले अतिक्रमण गरेर भौत्तिक पूर्वाधारहरु निमार्ण गरिरहेका छन् । गत वर्ष वन कार्यालयले मानविय अतिक्रमणमा परेको कोहल्वी र जीतपुरसिमराको चकरी क्षेत्रको करिव २ सय हेक्टर वनको जग्गा फिर्ता ल्याएर सो क्षेत्रमा तारबार सहित वृक्षारोपण गरेको छ ।

३ वर्ष बाराको डिभिजन वन प्रमुख भएर सोमवार मात्रै बिदाई भएकाका अहमद बिगतका वन कर्मचारीहरुले नैं व्यक्तिगत लाभमा परेर संस्थाको हित विपरित काम गर्ने गरेको टिप्पणी गरे । स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै महोत्तरीबाट सरुवा भएर बारा आएका डिभिजन वन अधिकृत बिनोद सिंहले वन जंगल खुला प्राकृतिक सम्पति भएकोले यस्को संरक्षणमा सबै तहका नागरिकको सहयोग आवश्यक पर्ने बताए । उनँले वन जंगल संरक्षणमा आँफु कहिल्यै नचुक्ने प्रतिवद्धता समेत जनाएका छन् ।


प्रकाशित : २०७९ असार ८, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप