लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

पहिलो मुस्लिम हिरोइन ओशिमा भन्छिन्- समाजको ‘डर’ छैन तर.. [फोटो फिचर]

 

मानव अधिकारकर्मी मोहना अन्सारीले कला क्षेत्रमा लागेका मुस्लिम समुदायका नेपाली महिला विरलै भेटेकी छन्।

‘भारत, बंगलादेश, पाकिस्तान लगायत देशमा थुप्रै मुस्लिम महिला फिल्म क्षेत्रमा चर्चित छन्, नेपालमा भने फिल्म, फेसनजस्तो खुलापन भएको क्षेत्रमा त परै जाओस्, राम्रो प्रतिभा भएका मुस्लिम महिलाले रेडियोमा समेत काम गर्न पाएका छैनन्,’ मोहनाको अनुभव छ।

पचास वर्षभन्दा लामो इतिहास बोकेको फिल्मक्षेत्रमा अहिलेसम्म कुनै पनि मुस्लिम महिला पर्दामा नअटाउनु आफैंमा सोचनीय विषय हो।

चलचित्र ‘रोमियो’मार्फत पहिलो पटक रजत पटमा आउन लागेकी मुस्मिल समुदायकी पहिलो नेपाली नायिका ओशिमा बानु धर्म र कलाकारितालाई जोड्न नमिल्ने बताउँछिन्। उनले आफूलाई कुनै धार्मिक समुदायकी नायिकाभन्दा नेपाली नायिकाका रुपमा हेरिदिन आग्रह गरेकी छन् ।

मुस्लिम समुदायकी युवती पहिलो पटक चलचित्रमा आउँदा कस्तो महशुस गर्नु भएको छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भनिन् ‘ मैले कुन धर्म मान्छु भन्दा मैले कस्तो काम गरेकी छु, भन्ने कुरा महत्वपूर्ण रहेको छ ।’

दुई म्युजिक भिडिओमा अभिनय गरिसकेकी यी नायिकाले अध्ययन पनि विजनेस म्यानेजमेन्टमा व्यचलर गरेकी छन् । विगत तीन वर्षदेखि ‘हाउस अफ फेसन’ नामक कंपनी चलाइरहेकी ओशिमाले ‘फेस अफ क्लासिक डाइमन्ड’ नामको प्रतिष्पर्धामा उपाधिसमेत जितेकी थिइन् ।

उनका केही तस्विरहरू हेर्नुहाेस्।

 


प्रकाशित : २०७९ असार १०, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप