लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

मुम्बइ हमलाका मास्टरमाइन्डलाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

एजेन्सी
नयाँ दिल्ली, ११ असार

सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाका मुख्य हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ । लाहोर अदालतले हाल कोट लखपत जेलमा सजाय खेपिरहेका  मिरलाई ४ लाख रुपैयाँभन्दा बढी जरिवाना पनि तोकेको छ ।

‘यस महिनाको सुरुमा लाहोरको एक आतंकवादविरोधी अदालतले प्रतिबन्धित लश्कर–ए–तैयबा (एलईटी)का एक कार्यकर्ता साजिद माजिद मिरलाई आतंकवादीलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको थियो’, सो मुद्दासँग जोडिएका एक वकिलको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

लाहोरमा जन्मेका मिरले मुम्बई आक्रमणको योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्नमा प्रमुख भूमिका खेलेका थिए । मुम्बई नरसंहारमा २६ विदेशीसहित १६६ जनाको मृत्यु भएको थियो । आक्रमणमा तीन सयभन्दा बढी घाइते भएका थिए । उक्त हमलामा ९ आक्रमणकारी मारिएका थिए ।

सो हमलापछि भारत–पाकिस्तान तनाव बढेको थियो । आक्रमणमा उनको संलग्नतालई लिएर मिरलाई भारतले मोस्ट वान्टेडको सूचीमा राखेको थियो । दुई देशका क्रिकेट टोलीबीचको खेल हेर्न क्रिकेट फ्यानको रूपमा उनी सन् २००५ मा भारत गएका थिए । त्यतिबेला उनी करिब १५ दिन भारतमा बसेका थिए ।


प्रकाशित : २०७९ असार ११, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •