लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त, देशव्यापी विरोध सुरु

एजेन्सी
न्युयोर्क, ११ असार

अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको हो । अदालतको आदेशसँगै लाखौँ अमेरिकी महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमेको छ ।

रो विरुद्ध वेड भनेर परिचित मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्चले जनाएको छ ।

राष्ट्रपति जो बाइडेनले उक्त निर्णयलाई ‘दुःखद त्रुटि’ भनेका छन् । आदेशको विरोधमा अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भएका छन् ।
अदालतको आदेशपछि विभिन्न राज्यमा क्लिनिक बन्द गरिएका छन् ।

अदालतको फैसलापछि त्यहाँका धार्मिक अभियानकर्मी  र दक्षिणपन्थी  भने खुसी भएका छन् । सन् १९७३ मा गर्भपतनलाई वैध बनाइएपति उनीहरुले त्यसको विरोध गर्दै आएका थिए ।

फैसलाको पक्षमा ६ र विपक्षमा ३ जना न्यायाधीश उभिएका थिए ।


प्रकाशित : २०७९ असार ११, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप