लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

सर्वाेच्च अदालतले कम्युनिष्टलाई शत्रुतापूर्ण अवस्थामा पुर्‍यायो : वामदेव गौतम

काठमाडौं, १४ असार

नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले सर्वाेच्च अदालतले कम्युनिष्ट पार्टीलाई शत्रुतापूर्ण अवस्थामा पु¥याएको बताएका छन् ।

आफू नेतृत्वको नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा कार्यक्रममा अध्यक्ष गौतमले साविक नेकपा खारेज, एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्च अदालतको फैसला त्रुटिपूर्ण र हानिकारक साविक भएको बताए । सो आदेशले कम्युनिष्ट पार्टीलाई शत्रुतापूर्ण अवस्थामा पु¥याएको गौतमले बताए ।

नयाँ पार्टी घोषणा कार्यक्रममा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सर्वोच्च अदालतको निर्णयले पुनर्स्थापित नेकपा (एमाले) पुनः विभाजन उन्मुख भयो र केही महिना पछि साँच्चिकै विभाजित भएरै छोड्यो । जुन तपार्इंहरुलाई अवगत नै छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरुका बीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको छ । साथै नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव बृद्धि भइरहेको छ । यी तथ्यहरुको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रुटीपूर्ण र हानिकारक सावित भएको छ ।’


प्रकाशित : २०७९ असार १४, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •