लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

शेर भण्डारी/ डडेल्धुरा, १५ असार
डडेल्धुरामा देउडा लयमा गीत गाउँदै र रोप्दै १९औँ धान दिवस मनाइएको छ। सदरमुकाम अमरगढी नगरपालिका–३ डोटी घटाल (साउँद गाउँ)मा किसानको खेतमै गएर कृषि ज्ञान केन्द्र र अमरगढी नगरपालिकाले धान दिवस मनाइएको हो। धान रोप्ने बेला खेतका आलीमा देउडा लयमा गीत गाउँदै रमाउँदै धान दिवस मनाइएको अमरगढी नगरपालिका–३ का वडाअध्यक्ष तिर्थ ऐरले बताए। ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा आज धान दिवस मनाइने गरिन्छ। दही चिउरा खाँदै देउडा लयमा गीत गाँउदै धान दिवस मनाइएको हो। वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन छ। ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए। भट्टका अनुसार डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। १५ असारसम्म जिल्लामा ६५ प्रतिशत रोपाईं सम्पन्न भइसकेको उनको भनाइ छ। ‘मौसम अनुकल हुँदैछ, असारको अन्तिम वा साउनको पहिलो सातासम्म सबै ठाउँमा रोपाई सकिन्छ। चिसो ठाउँ भएका कारण किसानले चाँडो बिउ राख्ने गरेका छन् । जेठभित्र रोपाईं सक्ने परम्परागत चलन छ,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण समयमा पानी पर्दैन । त्यसैले किसानले बिउ राख्न हतार गर्नु हुँदैन्।’ जेठमै रोपाईं गरिसक्ने भए पनि यसपालि पानी नपर्दा रोपाईं ढिलो सुरु भएको कृषक जगदिश बोहराले बताए। खोलानालामा पानी नहुँदा बोरिङको पानीले रोपाईं गरिरहेको उनको भनाइ छ। धान दिवसमा स्थानीय जनप्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख, कृषि ज्ञान केन्द्रका कर्मचारी, अमरगढी कृषि शाखाका प्रतिनिधि र स्थानीय कृषकको सहभागिता रहेको थियो । ०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो।


प्रकाशित : २०७९ असार १५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप