लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

राम्रि हुन सर्जरी गरेपछि झनै अभिनेत्री स्वातिको अनुहारको स्वरुप नै बिग्रियो…

भारतीय अभिनेत्री स्वाति सतीशले हालै रुट क्यानल अर्थात् दाँत सम्बन्धी एक शल्यक्रिया गरिन् जुन उनलाई महंगो सावित भयो ।

गलत उपचारको कारण यी कन्नड अभिनेत्रीको अनुहारको स्वरुप बिग्रियो । खराब शल्यक्रियापछि उनका केही तस्वीर पनि सार्वजनिक भएका छन् । स्वातिले आफ्नो यस्तो अवस्थाको जिम्मेवारी चिकित्सकलाई ठहर्‍याएकी छन् । साथै, गलत रुपमा उपचार गरेको आरोप पनि लगाएकी छन् ।

विवरण अनुसार बैंग्लोरमा रहने यी अभिनेत्रीले हालै रुट क्यानल सर्जरी गराएकी थिइन् । यसपछि उनको अनुहार सुन्निन थाल्यो भने पीडा पनि हुन थाल्यो ।

तीन सातापछि पनि उनको अनुहार उस्तै रह्यो । उनको पूरा स्वरुप बिग्रिएको छ जसको कारण उनलाई पहिचान गर्न पनि मुस्किल भएको छ । यसकारण उनी घरबाहिर पनि निस्कन छाडेकी छन् ।

मिडिया रिपोर्टका अनुसार स्वातिले चिकित्सकमाथि लगाएको आरोपअनुसार उपचार र औषधिबारे गलत जानकारी दिइएको थियो । यसबारे थाहा लागेपछि उनी अर्को अस्पताल पुगिन् ।

स्वाति भन्दा अघि पनि अभिनेता चेतन राजको पनि प्लास्टिक सर्जरीको क्रममा मृत्यु भएको थियो ।


प्रकाशित : २०७९ असार १५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप