लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

यी १७ पुरूष कलाकार चढ्छन मँहगा गाडीः कसको कारको मूल्य कती ?

हामीले टिभी र फिल्मी पर्दामा देखिरहने कलाकारको जिवनशैली कस्तो होला भनेर सबैलाई जिज्ञासा लाग्न सक्छ ।

पछिल्लो समय नेपाली सिनेमा क्षेत्रका कलाकारहरु प्रायः सबैले गाडीचढेर हिँड्ने गर्छन् । अहिले फिल्म उद्योगमा आफ्नै सवारीसाधन नभएका कलाकार भेट्न मुस्किल पर्ने गर्छ । आज हामी तिनै चर्चित पुरुष कलाकारहरु कस्तो गाडी चढ्छन् त चर्चा गर्दैछाैँ ।

१. पल शाह

नाइँनभन्नु ल ४, म यस्तो गीतगाउछु , सत्रु गते जस्ता हिट फिल्ममा काम गरेका नायक हुन् पल शाह । उनीफिल्म, म्युजिक भिडियोबाट त कहिले समाज सेवाको कारणले चर्चामा आईरहन्छन । पलले अड्तीस देखि चालिस लाख सम्म पर्ने निसानको सन्नी कार चढ्छन् ।

२. प्रदिप खड्का

प्रदिप युवायुवतीहरुलाई एकदमै मन पर्ने हिरो हुन्। उनि चड्ने गाडी ‘प्रेम गीत २’का निर्माता तथा कलाकार सन्तोस सेनाले ‘प्रेम गीत २’ रिलिज भएको ५१ दिनको अवसर पारेर उपहार स्वरूप दिएको चर्चा चलेको थियो । कतिपयले उक्त कार सेनले पारिश्रमिक बापत दिएको भनी चर्चा चलेको थियो। उनले हुन्डाईको क्रेटा कार चढ्छन् । यसको मूल्य ४५ लाख भन्दा माथी पर्छ ।

३. अनमोल केसी

चर्चित नायक अनमोल केसीको लाईफ स्टाईलले पनि निकै चर्चा पाउने गर्छ । उनले चलचित्र होस्टेलबाट नेपाली फिल्मी क्षेत्रमा नायकको रुपमा डेब्यु गरेका थिए । अनमोल निकै लोकप्रीय ब्रान्ड जिपकम्पासलाई आफ्नो यात्राको साधनका रुपमा रोजेका छन्। नेपालमा जिपकम्पासको मूल्य ७३ लाख ९० हजारदेखि एक करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्छ उनी त्यहि भित्र पर्ने कार चढ्छन् ।

४. राजेश हमाल

नेपाली चलचित्र क्षेत्रमा निकै लोकप्रिय नाम हो राजेश हमाल । महानायक राजेश हमाल कुन गाडी चढ्छन् होला भनेर तपाईको मनमा गिग्यासा जागेको नै होला हैन त ? महानायक राजेश हमाल पनि झन्डै ९० लाख पर्ने कियाको स्पोटेज गाडी चढ़छन ।

५. भुवन केशी

चर्चित सदावहार नायक तथा निर्माता भुवन केसी समय समयमा अभिनय र विभिन्न फन्डाका कारण चर्चामा आईरहन्छन । उनी गाडी फेरी-फेरी चड्ने कलाकार हुन। अहिले उनिसंग ह्युन्डाइको गाडी छ अहिले यस गाडीको बजार मूल्य ५३ लाख देखि ५८ लाख सम्म छ ।

६. धिरेन शाक्य

गाडी फेरिफेरी चढ्ने अर्का अभिनेता हुन्, धीरेन शाक्य । हिरो बन्नुअघि नै कार कुदाउने गरेका धीरेन आफूले अहिलेसम्म कति गाडी चेन्ज गरेँ, गन्ती नै नभएको बताउछन् । पहिलो पटक मारुती कार चढेका उनी पछिल्लो समय टोयटा यारिस चढ्छन् । ‘नयाँ मोडल आयो कि किन्न मन लागिहाल्छ,’ उनको भनाइ छ ।

७. केदार प्रसाद घिमिरे

निकै चर्चितहास्य अभिनेता हुन् केदार प्रसाद घिमिरे यानिकी माग्ने बुढा । मेरी बास्सैबाट निकै चर्चामा आएका माग्ने बुढाले छ एकान छ, छक्का पन्जा लगायत धेरै हिट चलचित्रहरुमा काम गरिसकेका छन् । माग्नेबुढाले सुजुकीको वेगन कार चलाउछन । यसको मूल्य २७ लाख पर्न आउछ ।

८. जितु नेपाल


मुन्द्रेको कमेडी क्लव चलाईरहेका हास्य अभिनेता जितु नेपालले कार हाँक्न थालेको आठ वर्ष भइसक्यो । उनले सुरुमा मारुती ८०० लिएका थिए । त्यसपछि उनी अल्टो, आइटेन, स्विफ्ट हुँदै हाल ३५ लाख माथी पर्ने आई ट्वान्टी एक्टिभका मालिक भएका छन् ।

९. दिपक राज गिरी

हाँस्यकलाकारको रुपमा स्थापित हुँदा ३१ लाखको स्वीफ्ट डिजायर चढ्ने गरेका दिपकराज गिरिले ‘छक्का पञ्जा २’को सफलतापछि विशेष सेवा र सुविधासहितको कार किने । उनको नयाँकार टाटाको हेक्जा हो जसको बजार मूल्य झण्डै ८० लाख पर्न आउँछ ।

१० आकाश श्रेष्ठ –

चक्लेटी हिरो आकाश श्रेष्ठ युवा पुस्तामा लोकप्रीय छन । मोडलिङ बाट करियर सुरु गरेका उनले धेरै म्युजिक भिडियो र चलचित्रमा काम गरिसकेका छन् । आकाश हुण्डाईको कार चलाउछन । जसको मूल्य ३५ लाख भन्दा माथी पर्छ ।

११. जीवन लुइटेल –

अमेरिकामा बस्दै आएका जीवन लुईटेल केहि समय पहिले नेपाली फिल्म क्षेत्रमा एकदमै ब्यस्त कलाकार हुन् । लुइँटेल आज भोलि अमेरिका बसोवास गर्दै आएका छन । उनि टोयटा ल्याण्ड क्रुजर चढ्छन् उक्त गाडीको नेपाली मूल्य २ करोड हो । तर उक्त कार अमेरिकामा भने सस्तो पर्छ ।

१२. आयुष्मान देशराज श्रेष्ठ जोशी

पछिल्लो पुुस्तामा सबैभन्दा महंगो कार चढ्ने अभिनेतामा पर्छन् आयुष्मान। तर उनलाई उनको पुर्ख्यौली सम्पत्तिले कार चढ्न सहज बनाएको देखिन्छ । त्यसैले त केही सिनेमाहरुमा मात्रै काम गरेका उनी मर्सिडिज बेन्ज २०० डी १९८४ र किया स्पोर्टेज २०११ चढ्छन् । उनीसँग भएका दुईवटै कारहरु महंगा छन् । मर्सिडिजको बजार मूल्य १ करोड ६० लाख रुपैयाँभन्दा बढी पर्छ भने उनको दोस्रो कार कियालाई ८० लाखभन्दा बढी पर्छ ।

१३. निखिल उप्रेती

एक समयका निकै चर्चित कलाकार हुन् निखिल उप्रेती । अभिनेता निखिल उप्रेती पनि मोटो रकमकै कार चढ्दै आएका छन् । उनी अहिले हुण्डाईको क्रेटा कार चढ्दै आएका छन् । जसको बजार मूल्य ५० लाखदेखि माथि पर्न आउँछ ।

१४. रमेश उप्रेती

रमेस उप्रेती पुराना पुस्ताका नायक हुन्। पराईघरबाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका उनी अहिले खासै देखिने गरेका छैनन् । रमेश अहिले हुण्डाईको क्रेटा कार चढ्छन । यसको बजार मूल्य ५८ लाख पर्ने पर्छ ।

१५. सविन श्रेष्ठ

सबिन श्रेष्ठ सिनेमासँगै व्यवसायमा पनि लागेका छन् । उनले केही समय अघि मात्रै आफ्नो मोबाइल पसलको उद्घाटन गरेका थिए । अभिनेता सविन श्रेष्ठ सुजुकीको स्विफ्ट कार चढ्दै आएका छन् । उनले लगभग ३ वर्ष भयो यो कार किनेको । यो कारको अहिलेको बजार मूल्य ३२ लाखको हाराहारी छ ।

१६ हेमन्त शर्मा

गायक हेमन्त शर्माले निजी कार चढ्न थालेको करिब १० वर्ष भयो । उनले सुरुमा मारुतीको अल्टो किनेका थिए । उक्त गाडी रिकन्डिकसनबाट ५ लाख ६५ हजारमा किनेको शर्मा बताउँछन् । तीन वर्ष अल्टो चढेपछि उनले हुन्डाईको आई–१० खरिद गरे । अहिले उनीसँग हुन्डाईकै नयाँ आई–२० छ, जसलाई उनले ३८ लाखमा खरिद गरेका हुन् ।

१७ रामकृष्ण ढकाल

गायक रामकृष्ण ढकाल कियाको स्पोर्टेज चढ्छन् । ढकालले यो गाडी चढ्न थालेको करिब ५ वर्ष भयो । ढकाल पनि गाडीका सौखिन मानिन्छन् ।


प्रकाशित : २०७९ असार १५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप