लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

महिलाको कार्यबोझ घटाउन कृषि कार्यालयले दियो गहुँ चुट्ने र जोत्ने मेसिन

दिलमाया शाही/

जुम्ला, १७ असार

कृषि विकास कार्यालय जुम्लाले महिलाको कार्यबोझ घटाउन यान्त्रिक करण मेसिन वितरण गरिएको छ । जुम्लाको कृषि पेसामा सबैभन्दा बढी महिला आबद्ध छन् । उनीहरूको कार्यबोझ घटाउन यस्ता आधुनिक मेसिनको ब्यवस्था गरिएको हो ।

जुम्लाका आठवटै पालिकाका  समूह, सहकारी, निजी उद्यमीलाई अनुदानमा कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिने भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

उनले भने, ‘यान्त्रिक करण, औजारका लागि गत भदौमा आवेदन मागिएको थियो । त्यसपछि फागुनमा छानोट गरिएको हो ।अहिले गहुँ काट्ने र धान चुट्ने १८ वटा थ्रेसर, आएका छन । १६ वटा मल्टी क्र्रसर मेसिन दिइएको हो । यो मेसिनले खेती लगाउनका लागी जोत्ने काम गर्दछ ।’

मल्टी क्रसर मेसिनको मूल्य किसानले ब्यक्तिगत किन्नुपरेको  खण्डमा ४५ हजार पर्ने गरेको छ । यस्ता औजार कृषि विकास कार्यालयमार्फत अनुदानमा आउने भएपछि किसानले राहतको महसुस गरेका छन् । प्रमुख अधिकारी भन्छन्, ‘दुईवटा ओखरको तेल पेल्ने मेसिन, तीनवटा चिनो काट्ने मेसिनसमेत आएका छन्।  छनोटमा परेका किसानलाई  हस्तान्तरण गर्ने तयारी भएको छ ।’

सहकारी र कृषक समूहका लागि ३० प्रतिशत अनुदान र निजी उद्यमीका लागि ५० प्रतिशत अनुदानमा यान्त्रिक करण कार्यक्रमअन्तर्गत थ्रेसर, मेसिन उपलब्ध गराइने प्रमुख अधिकारीले बताए । विशेषगरी महिलाको कार्याबोझमा सहज  ल्याउन र कृषिमा व्यावसायिकता बनाउन किसानका मागका धारमा आवश्यक कृषि औजार तथा उपकरण उपलब्ध गराइएको उनकाे भनाइ छ ।

उपकरण पाउने भएपछि गुठीचौगाउँपालका-४ की कृष्णमाया अधिकारी उत्साहित छिन् । उनको  मष्टकृषि  तथा पशुपंक्षी पालन उद्योग दर्ता छ । अधिकारीले भनिन्, ‘जुम्लाको मार्सी धान चुट्ने र गहुँ चुट्ने  मेसिन औजार तथा प्रविधि पाएपछि हाम्राे दैनिकी पनि सहज र समयको बचतसँगै आम्दानीका लागि पनि सहज भएको छ । किसानले आफै किन्नुपरेमा थ्रेसर मेसिन ५५ हजार जति पर्ने गर्दछ ।’
सरकारले नै कृषि क्षेत्रमा आधुनिकीकरणको पहुँचसँगै कृषकहरूले आफ्ना खेतबारीमा उब्जाएका बाली भित्र्याउन सहज बनाउने लक्ष्यका साथ यस्ता खालका सामग्री उपलब्ध गराउँदै आएको छ । बाली चुट्ने कामदेखि, जोत्ने सम्याउने सबै काम कृषियन्त्रले गरेपछि किसानकाे श्रम, लगानी र समय बचत हुने भएकाे छ ।


प्रकाशित : २०७९ असार १७, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •