लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

१२औं राष्ट्रपति रनिङ शिल्ड : चन्दननाथ प्रथम, हिमा द्धितिय

दिलमाया शाही/
जुम्ला, १८ असार

१२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्धितिय र पातारासी गाउँपालिका तृतिय भएका छन् ।

१५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन ।

जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार ६ विधामा खेल खेलाइएको थियो । यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि लिएको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगितामाको शिल्ड जितेको छ । मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ ।
यसैगरी पातारासीले पुरुष भलिवल प्रतियोगिता जित हात पारेको थियो भने कनकासुन्दरी द्धितियमा भएको थियो ।

महिला भलिबल प्रतियोगितामा कनकासुन्दरी गाउँपालिका प्रथम भएको छ भने द्धितियमा चन्दननाथ नगरपालिका भएको छ । कब्बडीमा चन्दननाथ प्रथम, कनकासुन्दरी गाउँपालिका द्धियित भएको आयोजकले जनाएको छ ।


प्रकाशित : २०७९ असार १८, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •