लोकप्रिय खबर

एकपछि अर्को गल्ती गर्दै स्क्यान्डल किङ बने दुर्गेश

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद

सर्लाही, २१ असार

सर्लाहीको लालबन्दीमा रहेको एक मार्टबाट अनुगमन टोलीले म्याद गुज्रिएको र किरा परेको खाद्यवस्तु बरामद गरेको छ । लालबन्दी नगरपालिका–५ मा अर्जुन रायमाझीले सञ्चालन गरेको डालीमार्टबाट उपभाेक्ता ठगिएकाे गुनासाे आएपछि लालबन्दी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाको नेतृत्वमा अनुगमन टोली पुगेपछि म्याद गुज्रिएको र किरा परिसकेको खाद्यवस्तु बिक्री भएकाे तथ्य बाहिर आएकाे हाे ।

अनुगमन गर्नेक्रममा टोलीले म्याद गुज्रिएको र किरा परिसकेको खाद्यवस्तु फेला पारेको जनाएको हो । प्रहरीसमेतको उपस्थितिमा अनुगमन गर्दा म्याद गुज्रिएको चाउचाउ र बिस्कुट बिक्री भइरहेको तथा घुनकिरा र चिलेसा लागिसकेको मकैको च्याख्लालगायतका वस्तु बिक्री वितरण गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

यसरी मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खाद्यवस्तु बिक्री गरिएकोे तथा उपभोक्तालाई ठगी गरेको भन्दै अनुगमन टोलीले राजस्व शाखालाई चिठ्ठी काटेको छ । उपभोक्ता हितविपरीत ठगी धन्दा गरेको भन्दै राजस्व शाखाले समेत डालीमार्टविरुद्ध नियमअनुसार जरिवाना गर्न पत्र काटेको जनाएको छ ।

अनुगमन टोलीले नियन्त्रणमा लिएको म्याद गुज्रिएको र किरा लागिसकेको खाद्यवस्तुको भने फोटो खिचेर डालीमार्टमै बुझाएर फर्किएको थियो ।


प्रकाशित : २०७९ असार २१, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप
  •