लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

यौन उत्पीडनको आरोपपछि भारतीय महिला टिमका प्रशिक्षक पदमुक्त

काठमाडौं, २१ असार

भारतीय यु-१७ महिला टोलीका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसमाथि यौन उत्पीडनको आरोप लागेपछि उनलाई पदबाट हटाइएको छ ।

सुप्रीम कोर्टद्वारा नियुक्त प्रशासक समिति (सीओए) का सदस्य एसवाई कुरैशीले प्रशिक्षकले यौन उत्पीडन गरेको पुष्टि गरेका छन् । कुरैशीले ट्विट गरेका छन्, ‘यु-१७ महिला टोलीका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसलाई यौन उत्पीडन आरोपमा बर्खास्त गरिएको छ । आगामी कारबाही प्रक्रियामा छ ।’

यसअघि नै सीओएले ३० जुनमै प्रशिक्षक एलेक्स एम्ब्रोसको पदबाट हटाउन संकेत दिएको थियो । तर, प्रशिक्षकको नाम भने खुलाइएको थिएन । सीओएले बताएको थियो, ‘यु-१७ महिला टिममा दुर्व्यवहार भएको जानकारी आएको छ । टिम अहिले युरोप भ्रमणमा छ । अनुशासनको मामिलामा इन्डियन फुटबल शून्य सहिष्णुताको नीति राख्छ । प्रारम्भिक कारबाहीको रूपमा इन्डियन फुटबलले सम्बन्धित व्यक्तिलाई थप अनुसन्धानका लागि अस्थायी रूपमा निलम्बन गरेको छ ।’

यसअघि भारतीय खेलकुदमा यौन उत्पीडनको केस बाहिरिएको थियो । एक महिला साइकल खेलाडीले स्लोभेनिया भ्रमणमा प्रशिक्षकले अनुचित वार्तालाप गरेको आरोप लगाएकी थिइन् । यससँगै प्रशिक्षलाई पदबाट बर्खास्त गरिएको थियो । हाल उनको अनुसन्धान चलिरहेको छ । यस्तै, अर्की खेलाडीले समेत विदेश भ्रमणमा आफूलाई प्रशिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

भारतीय टोली हाल युरोपमा आफ्नो अभ्यासका लागि रहेको छ । भारतले यसै वर्ष ११ मे देखि ३० अक्टोबरसम्म भुवनेश्वरी, गोवा र नावी मुम्बईमा यु-१७ महिला विश्वकप आयोजना गर्दैछ । जहाँ १६ देशको सहभागिता रहेको छ ।


प्रकाशित : २०७९ असार २१, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप